अमला बेचेर कपी कलम खर्च जुटाउछन् दिदी बहिनी

सिन्धुली । विपी राजमार्गको छेउँमा उभिएर गाडी आउन नपाई अमला अमला भनेर कराउँछिन एक बालिका । गोलञ्जोर गाउँपालिका वडा नं. ७ माथिल्लो बाराकी अस्मिता नेपाली (१३) जनज्योति मावि खुर्कोटकी विद्यार्थी हुन् । कक्षा ६ मा पढ्ने उनी शुक्रबार भएपछि विहानै जंगल जान्छिन ।

बोरा भरी अमला टिप्छिन र दिउँसो घर नजिकै रहेको विपी राजमार्गको छेउँमा प्लाष्टिकका पोका बोकेर अमला बेच्छिन ।
जंगलको अमला टिपेर बेचेर उनले केहि पैसा कमाउँछिन । एक पोका अमलाको एक सय रुपैंया लिन्छिन । शनिबार पनि उनको दैनिकी त्यस्तै हुन्छ । उनकी जुम्ल्याहा बहिनी पनि छन् । उनी स्कुल जान्छिन । भन्छिन, ‘आलोपालो गरेर एकजनाले अमला बेच्छौं, अर्को जना स्कुल जान्छौं । स्कुलको पढाई बेलुका बसेर सिक्छौं, सिकाउँछौं ।’ शनिबार दुवै दिदीबहिनी अमला बेच्न सडकमा जान्छन् ।

अमला बेचेको पैसाले के गर्छौ त ? उनले भनिन, ‘कपी कलम किन्छौं ।’ अमला बेचेर कमाएको पैसा उनीहरुले बुवालाई राख्न दिन्छन । आवश्यक पर्दा माग्छन र कपी कलम किन्छन । अस्मिताका बुवाआमा खेति किसानी गर्छन, बाख्रा, गाई पाल्छन । ४ जना दाजुहरु छन अस्मिताका । ३ भाई मजदुरी गर्न हेटौडा तिर लागेका छन । एकजना घरमै छन । घरमा बुवा आमासँग कपी कलम किन्न पनि धौ धौ छ । पढाईलाई निरन्तरता दिन उनीहरु आलोपालोमा सिजनमा जंगलमा पाईने फलफूल बेचिरहेका हुन्छन ।

उनी जस्तै उनकी काकाकी छोरी ९ वर्षिय मोनिका नेपाली पनि दिदीहरुसँगै अमला बेच्न जान्छिन । लाज मानी मानी अमला बेच्छिन । उनी कक्षा ३ मा पढ्छिन । राजमार्गको आसपासका आर्थिक अवस्था कमजोर भएका बालबालिकाले आफ्नो पढाई खर्च जोहो गर्नका लागि सडकमा सिजनका फलफूल बेच्ने गरेका छन ।

माथिल्लो बारामा मात्रै ५, ६ जना बालबालिकाले यसरी राजमार्गमा अमला तथा सिजनका फलफूल बेच्ने गरेको अस्मिताले बताईन । विपी राजमार्गको खनियाँखर्क खुर्कोट सडक खण्डका विभिन्न स्थानमा बालिकाबालिकाहरु जुनार, सुन्तला, अमला, फडिर लगाएतका सिजनका फलफूल बेचिरहेका देखिन्छन ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

epaper

ताजा समाचार

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण