हात्तीछापमा दयाहाङ राई अनुबन्धित

काठमाडौं । किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले बिहीबार कागजी सम्झौता गरेको हो ।

सिमोस सुनवारले निर्देशन गर्ने फिल्ममा अन्य कलाकार भने फाइनल भइसकेको छैन । प्रदीप भारद्वाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोई  पर्यो बुढो’लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन् ।

दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको  थियो । फिल्मको छायांकन चैतबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ । 

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
पोखराको पन्ध्रौं मेयर को हाेला ? (यस्तो छ इतिहास)