सहरी विकास मन्त्रीको निर्देशनपछि धोबिखोला करिडोर धमाधम पिच हुँदै

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनपछि धोबिखोला करिडोरको अधुरो काम धमाधम सुरु भएको छ ।

‘करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन मन्त्रीज्यूले निर्देशन गर्नुभए बमोजिम बाँकी काम अघि बढाइएको छ । अब छिट्टै नै धोबिखोला करिडोर सुधार आयोजनाको कामले अन्तिम रुप पाउने छ ।’ उपत्यका विकास प्रधिकरणका आयुक्त जानुका ढकालले भनिन् ।

नदी अतिक्रमण गरि बनाएका संरचना भत्काउन, जनता हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्रे थप्नुपर्ने ठाउँमा तत्काल काम अगाडि बढाउन मन्त्री चौधरीले उपत्यका विकास प्रधिकारण र मातहतका निकायलाई अनुगमणका क्रममा निर्देशन दिएका थिए ।

‘बुद्धनगरको आर्क ब्रिजदेखि धोबि खोला करिडोरमा बाँकी रहेको काम पुरा हुँदैछ । जस अन्तर्गत १.५ कि.मी.बाटोमा ओभर लेयिङ् र केही मर्मतका काम हुँदैछ । रोड मार्क पेन्टिङ, रेलिङ्मा कलर लगाउने देखि नदी किनारमा रहेका विरुवाको संरक्षणसम्मका काम भइरहेका छन् ।’ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयका जिल्ला आयुक्त जगदिश लामिछानेले बताए । गत वर्ष बाँकी रहेको काम अब अन्तिम चरणमा रहेको समेत जिल्ला आयुक्त लामिछानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी