काठमाडौं । नेपालको संसदीय इतिहासमा पहिलोपटक विश्वकै पुरानो भाषा संस्कृतमा शपथ लिइएको छ । बज्जिका मातृभाषा बोल्ने स्वतन्त्र सांसद किरणकुमार साहले बिहीबार गेरुवा वस्त्रमा संस्कृत भाषामा शपथ लिएसँगै यसको चर्चा सुरु भएको छ ।
रौतहट क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित ४६ वर्षीय साह संस्कृत भाषामा शपथ खाने नेपालकोे पहिलो सांसद बनेका छन् ।
‘राष्ट्रिय एकता र अखण्डता बचाउन नेपालमा बोलिने प्रायजसो भाषाको जननीका रूपमा रहेको संस्कृत भाषामा शपथ लिएको’ उनी बताउँछन् । भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराज र उमा भारतीले सन् २०१४ मै संस्कृतमा शपथ लिएका थिए ।
भारतले संस्कृत भाषा जगेर्नाका लागि बजेट खर्च गर्न थालेको छ । नेपालमा पनि पछिल्लो समय संस्कृत भाषाको प्रवद्र्धन आवाज उठिरहेको बेला साहले संस्कृतमा शपथ लिएका छन् ।
५औं शताब्दी ईसा पूर्वदेखि संस्कृत विद्वानले हल गर्न नसकेको व्याकरणीय समस्याको क्याम्ब्रिज विश्वविद्यालयका एक भारतीय पीएचडी विद्यार्थीले समाधान गरेको चर्चा विश्वव्यापी बनेको समयमा साहले नेपालको संसदमा पनि संस्कृत भाषाको विषयलाई उजागर गरिदिएका छन् ।
भारती ऋणी राजपोपलटले भाषाविज्ञानका पिता पाणिनीले सिकाएको नियमको डिकोडिङ गरेर सफलता हासिल गरेका हुन् ।
अब पाणिनीको व्याकरण कम्प्युटरमा सिकाउन सकिन्छ । क्याम्ब्रिज युनिर्भसिटीका १ अर्बभन्दा बढी जनसंख्या भएको भारतमा करिब २५ हजारले मात्र संस्कृत बोल्छन् । नेपालमा पनि संस्कृत भाषामा पाठ÷पूजा यज्ञ मात्र हुने गरेको छ ।
जबकि, संस्कृत भाषा हिन्दी, बांग्ला, मराठी, सिन्धी, पञ्जाबीलगायतका भाषाको समेत जननी मानिन्छ । संस्कृतमा वैदिक धर्मसँग सम्बन्धित लगभग सबै धर्मगन्थ लेखिएको छ । बौद्ध धर्म (विशेषकर महायान) तथा जैन मतका पनि कतिपय महत्वपूर्ण ग्रन्थ संस्कृतमा लेखिएको छ । भारतको संविधानमा आठौं अनुसूचीमा संस्कृत भाषा सामेल छ ।
नेपालको संधिवानको धाराण ६ मा नेपालमा बोलिने सबै मातृभाषा नेपालको राष्ट्र भाषाको हैसियत दिएको छ । धारा ७ को उपधारा ३ मा भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गर्ने उल्लेख छ । तर, नेपालले संस्कृत भाषाको जर्गेनाका लागि प्राथमिकता दिएको पाइँदैन ।
सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकताका कारण पनि संस्कृतलाई श्रेष्ठ मानिन्छ । कम्प्युटर र कृत्रिम बुद्धिका लागि समेत सबैभन्दा उपयुक्त भाषाका रूपमा रहेको संस्कृत पढ्नाले स्मरण शक्ति बढ्ने मान्यता छ ।
जर्मनीमा १४ शीर्ष विश्वविद्यालयमा संस्कृत भाषामा पठाइ हुन्छ । जर्मनीमा मात्र होइन युरोपका अन्य देशमा पनि संस्कृत भाषा पढाइ हुन्छ । नेपालमा भन्दा युरोपमा संस्कृतलाई धेरै सम्मान दिइन्छ भन्दा फरक नपर्ला । युरोपमा ग्रेडस्कुलका विद्याथीलाई संकृत श्लोकहरू पढ्न सिकाइन्छ ।
नेपालमा विद्यालयस्तरबाट संस्कृतलाई हटाइएको छ । नेपालमा संस्कृत विश्वविद्यालय २०४३ सामा नै स्थापना भएको छ । तत्कालीन राजा महेन्द्रले संस्कृत शिक्षाको संस्थागत र तहगत विकास गर्ने हेतुले दाङमा सो विश्वविद्यालय स्थापना गरेको पाइन्छ । यस विश्वविद्यालयअन्तर्गत हाल चौधवटा आंगिक विद्यापीठहरू छन् ।
साहले संस्कृत भाषामा शपथ लिएसँगै संस्कृत भाषा शिक्षा’bout केही बहसलाई थप प्रोत्साहन मिल्ने देखिन्छ । संस्कृत भाषा कक्षा १ देखि नै पढाउने विषयको बहस फेरि सतहमा आउन सक्छ ।
नासाले समेत गणित र एस्ट्रोफिजिक्समा अनुसन्धानका लागि संस्कृत ग्रन्थ खोजिरहेको छ । रसायन, चिकित्सा (आयुवेद) र योग विषयमा अनुसन्धान भइरहेको छ ।






