जनमत पार्टीलाई उद्योग मन्त्रालय


काठमाडौं । जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ। सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालयमा मागेका थिए ।

जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । अहिले चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता