बुटवल । लुम्बिनी प्रदेशसभाका सदस्यहरुको सपथ पुस १६ गते हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सपथको मिति प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।
मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले सपथ ग्रहणका लागि १६ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरेपछि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।
लुम्बिनी प्रदेशमा सरकार गठनका लागि एमाले र माओवादीले आन्तरिक पहल थालेका छन् । दुवै दलले मुख्यमन्त्रीमा दावी गर्दै पहल थालेका हुन् । माओवादीमा जोग वहादुर महरा मुख्यमन्त्रकिा दावेदार हुन भने एमालेमा चारजनाको दावी रहेको छ । लुम्बिनी प्रदेशका सदस्यहरुलाई पहिलो पटक आफ्नो भवन प्रदेश सभा भवन देउखुरी दाङमा सथम गराउने गरी तयार गरेको छ । लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरि सकेको छ भने प्रदेश सभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालनमा आएको छ ।






