राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनवारे अन्योलमा निर्वाचन आयोग

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन’bout निर्वाचन आयोग नै अन्योलमा देखिएको छ ।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा परेको हो । सोही विषयलाई प्रस्ट बनाएर निर्वाचनको मिति तय गर्ने आयोगको तयारी छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन’bout संविधानमा उल्लेख भए पनि शपथ’bout अन्योल भएकाले छलफलबाटै निर्णय लिने बताए ।

‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि भन्ने व्यवस्था भयो तर नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ कहिले भन्ने व्यवस्था भएन, अन्योल भएका विषयलाई प्रस्ट पारेर समयभित्रै निर्वाचन गर्ने गरी छलफल गरेरै अघि बढ्छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

–पदावधि बाँकी छँदै निर्वाचन गर्न सहज, शपथ गर्न असहज

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी २९ फागुनमा सकिँदै छ । यस्तै, उपराष्टपतिको पदावधि ९ चैतमा सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ । सो व्यवस्थाअनुसार निर्वाचन आयोगले २९ माघभित्र राष्ट्रपति र ९ फागुनभित्र उपराष्टपतिको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ ।

आयोगले संविधानमा नै राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि पाँच वर्ष तोकिएकाले पदावधि कायम रहँदा नै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथका विषयमा अन्योलता देखेको हो । सो विषयमा आयोगले सोमबार (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गरेको छ । आयोगले त्यसका लागि प्रधानमन्त्रीको सचिवालयसँग समय पनि मागिसकेको छ ।

देशको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए । यस्तै, तेस्रोपटकसमेत २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुन नै दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुन र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फरकफरक मितिमा गर्नुपर्ने उल्लेख छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २ सय ७५ सदस्य, राष्ट्रिय सभाका ५९ सदस्य र र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कुल ८ सय ८४ जना मतदाता हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित