एक साताभित्र प्रदेश १ मा नयाँ सरकार गठन हुने

इटहरी । प्रदेश १ मा एक साताभित्र नयाँ सरकार गठन हुने भएको छ । आइतबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

आइतबार विज्ञप्ति जारी गर्दै कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

पुस २ गते निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको थियो । केन्द्रमा एमाले–माओबादीको गठबन्धनले पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बनेसँगै प्रदेशको पनि सत्ता समीकरण फेरिएको छ । यसअघि कुनै पनि दलको निर्णायक ४७ मत नपुगेपछि एकसिटे जसपा निर्णायक बनेको थियो । तर, एमाले, माओबादी, राप्रपा र जसपाले मिलेर केन्द्रमा सरकार बनाएपछि प्रदेश १ मा पनि सोही अनुसार सरकार बन्ने भएको छ ।

प्रदेशको मुख्यमन्त्रीमा एमालेले दाबी गरेको छ । एमालेको सरकार बन्ने अवस्था भएमा हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन् । तर, माओबादीले पनि सरकारको दाबी गरिरहेको छ । माओबादी केन्द्रबाट भने इन्द्रबहादुर आङ्बो संसदीय दलको नेता छन् । तर, एमाले नेताहरूले भने केन्द्रमा माओबादीले नेतृत्व गरेर सरकार बनाएका कारण प्रदेश १ मा मुख्यमन्त्री आँफूहरूले पाउनुपर्ने बताउँदै आएका छन् । यसअघिको बैठकले पनि प्रदेश १ सहित चारप्रदेशमा एमालेले मुख्यमन्त्री पाउनेगरी सहमति भएको बताइएको छ ।

उता कांग्रेसले भने उद्वव थापालाई संसदीय दलको नेता निर्वाचनमार्फत चुनेको छ । यद्यपि, कांग्रेस भने प्रतिपक्षमै बस्नेछ । यसअघि प्रदेश १ मा तीनजना मुख्यमन्त्री बनेपनि प्रदेशको नामकरण अझै अन्यौलमा छ । प्रदेश १ को पहिलो मुख्यमन्त्रीका रूपमा एमालेका शेरधन राई थिए । राईले राजीनामा दिएपछि एमालेकै भीमप्रसाद आचार्य मुख्यमन्त्री बनेका थिए । केन्द्रमा एमालेबाट फुटेर माधव नेपालले नेतृत्व गर्दै नेकपा एकीकृत समाजवादी पार्टी दल दर्ता भएसँगै सोही दलसहित कांग्रेसको साथमा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई मुख्यमन्त्री छन् ।

अबको प्रदेश सरकार निर्माण भएसँगै पहिलो दायित्व नामकरणको हुनेछ । जसका लागि छलफल र निर्णय गर्न यसअघि एमालेकै सरकारलाई पनि चुनौती भएको थियो ।

प्रदेशको नामकरण जातीय पहिचान र भूगोलका आधारमा राख्ने भन्ने’bout यसअघि विभिन्न बहस हुँदै आएको छ । प्रदेश १ को प्रदेशसभामा ९३ जना सांसद रहेका छन् ।

आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नं. १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेशसभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९।०९।२४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्युुबाट आह्वान भएको छ ।”

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
लोसपाले मेयर र उपमेयरको उम्मेद्वार टुंग्यायो