ट्रेलरमा आयो चलचित्र गुञ्जन

काठमाडौं । आगामी २९ पुषबाट रिलिज हुने चलचित्र गुन्जनको ट्रेलर रिलिज बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ ।

ट्रेलर रिलिज समारोहमा बोल्दै यसका निर्माता हिराकृष्ण शाहीले दर्शकलाई आफ्नो चलचित्र मननपरे टिकटको पैसा फिर्ता दिने घोषणा गरेका छन् । फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने जिकिर उनले कार्यक्रममा गरे ।

त्रिकोणात्मक प्रेमकथामा आधातिर यो चलचित्रको ट्रेलरमा एक युवतीलाई पाउन दुई युवाबीचको सँघर्षलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी, करिब खड्काको त्रिकोणत्मक प्रेमकथा प्रस्तुत छ । २ मिनेट ४६ सेकेन्डको ट्रेलर आकर्षक छ ।

यस अघि द्वन्द्व निर्देशकका रुपमा चिनिएका अष्ट महर्जनको चलचित्र गुञ्जनको निर्देशन गरेका हुन् । सारा, प्रितम र कबिरसँगै यो चलचित्रमा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

चलचित्र’bout निर्देशक अष्टले भने,‘मैले फिल्म क्षेत्रमा सिकेको सबै अनुभवको आधारमा यो चलचित्रको निर्देशन गरेको हुँ र फिल्म लोभ स्टोरी जनराको बनाएको छु ।’ अहिलेको समयको कथा आफ्नो फिल्ममा भएको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ पालिकामा रेशम चौधरीको पार्टी, ३ मा काँग्रेस अगाडि