एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष ओली

काठमाडाैं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले संविधानको रक्षाका लागि काम गर्ने बताए ।
 
 “अहिलेको समीकरणले संविधानको रक्षाका लागि काम गर्नेछ”, उनले भने, “राष्ट्रियता, अखण्डता, देशको सार्वभौमसत्ता, स्वाभिमानको पक्षमा सरकार उभिन्छ ।” सुशासन, भ्रष्टाचार नियन्त्रणमा सरकारको महत्वपूर्ण नीति हुने जनाउँदै भ्रष्टाचारप्रति शून्यसहनशीलतालाई जनताले पत्याउने गरी अगाडि लैजाने उनले विश्वास दिलाए ।
 
 “अब हामीले गम्भीर शिक्षा लिनुपर्छ । मुख्यरुपमा लोकतान्त्रिक मूल्य मान्यतामा अगािड बढ्नुपर्छ । सांसद र नेताले सम्पूर्ण समय देशका लागि खर्चनुपर्छ”, एमाले संसदीय दलका नेता ओलीले भने, “अहिले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता छ । एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ ।” सबैलाई देश निर्माणमा सकारात्मक योगदान गर्न आग्रह गर्दै उहाँले देशका लागि सँगै काम आह्वान गरे ।
 

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग