चेली कृषि सहकारीले एकै बर्ष ५५ जनालाई स्वरोजगार बनाउने

वीरगन्ज । गतबर्षको समिक्षा र आगामी बर्ष गर्ने योजनाका विषयमा अहिले बार्षिक साधारण सभा गर्ने सहकारी संस्थाहरुको सिजन नै चलेको छ । बार्षिक साधारण सभा गर्दै गरेका कुनै पनि सहकारीले आगामी योजनामा कसैलाई स्वरोजगार बनाउँछु भन्ने आँट गरेको सुन्न पाइएको थिएन । तर महिलाहरुले मात्र संचालन गरेको पर्साको चेली कृषि सहकारी संस्था लि. ले भने आगामी बर्ष संख्या नै तोकेर वेरोजगारलाई स्वरोजगार बनाउने भनी बार्षिक साधारण सभामा योजना पेस गरेको हो ।

५५ जनालाई उद्यमी नै बनाउने भनी सामाजिक उत्तरदायित्व तर्फ संख्या नै तोकी लक्ष्य लिएको भेटिएको हो । वेराजगार सदस्यलाई उद्यमी बनाई स्वरोजगार बनाउने लक्ष्य लिएको संस्थाकी अध्यक्ष कमला घिमिरेले राजधानीसँग पनि बताइन् । कुनै पनि सहकारीले आगामी बर्ष यति जना वेरोजगारलाई स्वरोजगार बनाउँछु भनी पर्सामा भन्ने सकेका थिएनन् । तर महिलाहरुद्वारा मात्र संचालित चेली कृषि सहकारीले यसो भन्ने आँट गर्नु पुरुषहरुले मात्र संचालन गरेका सहकारी संस्थाका संचालकहरुका लागि भने चुनौति थपिदिएको स्थानीयको भनाइ छ । यस्तो कदम निकै सकारात्मक भएको उनीहरुको तर्क छ ।

हुन पनि २० जना महिलाहरु मिलेर ६ बर्ष अगाडी खोलेको यो सहकारीले छैठौं बार्षिक साधारण सभा सम्पन्न गर्दै गर्दा अहिलेसम्म ४ सय ५० जना जति महिला र ३ जना पुरुषलाई स्वरोजगार बनाइ सकेको छ । सानो–सानो पूँजी र सीपलाई सदुपयोग गरी आत्मनिर्भर हुने र समाजमा पछाडी परेका व्यक्ति र समुदायलाई अगाडी ल्याउन नै संस्थाको उद्देश्य रहेकोले चालु आर्थिक बर्षभित्र पनि विभिन्न संघ संस्थासँगको सहकारीमा वेराजगार सदस्यलाई तालिम दिई दक्ष बनाई उद्यममा जोड्ने योजना रहेको संस्थाकी अध्यक्ष घिमिरेले प्रष्ट पारिन् । ‘यसका लागि लघु व्यवसाय विकास संस्था, वीरगन्ज उद्योग बाणिज्य संघ र वीरगन्ज महानगरपालिका जस्तो संस्थाहरुसँगको सहकारीमा घरायसी प्रयोजनमा प्रयोग हुने सामान बनाउने तालिम दिई विपन्न र वेरोजगारलाई जीवन उपयोगी शीप दिएर उद्यमी बनाउने छौं’ उनले भनिन् ।

च्याउखेती, न्यानो जुत्ता, झोला, झोल साबुन र सुत्केरी महिलाका लागि तत्काल प्रयोग गर्ने लुगाका सामग्री बनाउने शीप सिकाएर संस्थाले लगानी दिई धेरैलाई उद्यमी बनाएको आफूहरुसँग अनुभव छ । यस्ता अनुभवलाई व्यवहारमा अझ प्रयोग गर्दै अझै धेरैलाई जीपनोपयोगी बनाउने संस्थाको लक्ष्यलाई निखार्दै लाने लक्ष्य रहेका संस्थाले जनाएको छ ।

सुरुमा २० जना महिलाले ५ सयका दरले रकम संकलन गरी १० हजार बनाएर लगानी गरी सुरुवात गरेको यो संस्थामा अहिले ७ सय जति साधारण सदस्य पुगिसकेको भर्खर सम्पन्न साधारण सभामा जनाइएको छ । छैठौं साधारण सभा सम्पन्न गर्दासम्म संस्थाले गतबर्ष मात्र शेयर पूँजी १२ लाख २५ हजार एक सय पु¥याएको रहेछ । त्यसै गरी बचत निक्षेप तर्फ गतबर्ष मात्र ३५ लाख ४५ हजार ७ सय ८० संकलन गरेको बार्षिक साधारण सभामा अध्यक्ष घिमिरेले पेश गरेको प्रतिवेदनमा नै उल्लेख गरेको छ । त्यसै गरी गतबर्ष ४३ लाख त बचत फिर्ता गरेको र अब सदस्यहरुबाट नै ४५ लाख ६६ हजार ८ सय ७४ रुपैया असुली गर्न बाँकी रहेको पनि अध्यक्ष घिमिरेले बताइन् । यति गर्दा पनि संस्थामा ३१ लख ५६ हजार ८ सय बचत डिपोजिट रही संस्थाको निरन्तरता रहेको उनको भनाइ छ । अर्को रोचक पक्ष भनेको यो संस्थासँगै अर्को सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.ले पनि एक साथ साधारण सभा सम्पन्न गरेको छ ।

एउटै सहभागी र थप साधारण सदस्यहरुका बीचमा सुरक्षित सहकारीको पनि १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । एउटा सहकारीले अर्को सहकारीको खुट्टा तान्ने र प्रतिस्पर्धा गर्ने चलन रहे पनि चेली कृषि सहकारी र सुरक्षित बचत तथा ऋण सहकारीले एकै ठाउँमा साधारण सभा गर्नु आपसी प्रतिस्पर्धा नै नभएकोले एक साथ गरिएको सुरक्षित सहकारीका अध्यक्ष राजकुमार घिमिरेले बताए । कामका प्रकृति र दाएरा फरक भएकोले यी संस्थाका साधारण सदस्य पनि अधिकांश दुवै तर्फ पनि छन् । यसको अलावा फरक उद्देश्य भएकोले पनि साथैमा साधारण सभा गरी सहकार्यको नयाँ संदेश दिन पनि दुवै सहकारीले एकै ठाउँमा साधारण सभा गरेको उनको तर्क छ ।

सुरक्षित सहकारीले चाही १० औं बार्षिक साधारण सभामा ३ करोड ७१ लख ११ हजार ४ सय ९६ रुपैया गतबर्ष बचत निक्षेप संकलन गरेको जनाएको छ । जसमा ४ करोड १३ लाख ९५ हजार ६ सय ३८ रुपैया बचत फिर्ता गरेको र बचत जम्मा अरु १ करोड ४० लाख ९७ हजार ८ सय ४२ रहेको सुरक्षितका अध्यक्ष राजकुमारले बताए । सुरक्षित बचतले गतबर्ष ऋण लगानी तर्फ पनि १ करोड ५२ लाख १८ हजार २ सय ८८ रुपैया प्रवाह गरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धन फुटको सँघारमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु