अष्ट्रेलियाको ८ शहरमा नेपथ्यको कन्सर्ट

काठमाडौं । गत महिना मात्र नेपालका १० शहरमा म्युजिक कन्सर्ट गरेको नेपालको लोकरक ब्याण्ड नेपथ्यले अब अष्ट्रेलियाको कन्सर्ट गर्ने भएको छ । यसपटकको यात्रामा भने नेपथ्यले ८ सहरमा कन्सर्ट गर्ने भएको छ ।

‘नेपथ्य म्युजिक फर ह्युम्यानिटी अस्ट्रेलिया टुर २०२३’ शिर्षकमा यो कन्सर्ट आयोजना गर्न लागिएको हो । यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो श्रृंखलावद्ध प्रस्तुती सहित अष्ट्रेलियाको छ सहरको सांगीतिक यात्रा गरेको थियो । नयाँ वर्ष २०२३ को अबसर पारेर यसै महिनाबाट यो २५ तारिकबाट कन्सर्ट सुरु गर्न लागिएको नेपाथ्यले जनाएको छ । नेपालमा मानव सेवाको लागि गरिएको कन्सर्ट अपेक्षाकृत रुपमा सफल भएपछि बिदेशमा पनि आयोजना गर्न लागिएको नेपथ्यको कथन छ ।

कार्यक्रम’bout नेपथ्यका प्रमुख अमृत गुरुङले भने, ‘सोहि यात्राको प्रतिक्रियाबाट प्रेरित भएर हामीले सन २०२३ भरि हाम्रा सबै प्रस्तुतीहरुलाई मानवताका लागि संगीतको नारा सहित मानवता प्रबर्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्न लागेका हौं ।’

अमृतका अनुसार नेपथ्यको अस्ट्रेलिया यात्राको लागि ६ जना संगीतकर्मी सहित प्राविधिक एवं व्यवस्थापन गरेर १३ सदस्यीय टोली आउँदो २० तारिक त्यसतर्फ प्रस्थान गर्नेछ । यात्रा सकेर टोली २० फेब्रअरीमा काठमाडौं फर्कने छ ।

यो सांगीतिक यात्रा यसै साता २५ जनवरीमा डार्बिन स्थित ‘इन्टरटेनमेन्ट सेन्टर’ बाट प्रारम्भ हुने छ । त्यसपछि २८ जनवरीमा एडिलेडस्थित ‘हिण्डले म्यूजिक हल’मा र ३१ जनवरीमा ब्रिसबेन स्थित ‘फोर्टिच्यूड म्यूजिक हल’ मा यो कन्सर्ट हुनेछ ।

यो टुर अन्तर्गत चौथो कन्सर्ट अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुने छ । फेब्रुअरी ३ तारिखमा क्यानबेरा स्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा ब्याण्डले गीत संगीत पस्कने अमृतले बताएका छन् । यसअघि पाँचपटक अष्ट्रेलियाको भ्रमण गरिसकेको ब्याण्डका लागि राजधानी क्यानबेरामा भने यो पहिलो अनुभव हुने पनि अमृतले बताएका छन् । आफुहरुले पाँचौ कन्सर्ट ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थमा ५ फेब्रुअरीमा त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा प्रस्तुत गर्ने पनि उनले बताएका छन् ।

आफुहरुको छैटौं कन्सर्ट त्यहाँ सबैभन्दा बढी नेपाली रहेको शहर सिड्नीको हुने पनि गुरुङले बताएका छन् । अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले १० फेबु्रअरीमा ‘होडर्न पभिलियन’मा प्रस्तुत दिने पनि उनले जानकारी गराएका छन् ।

सिड्नी पछि नेपथ्यको यात्रा ‘भिक्टोरिया’ राज्यतर्फको हुनेछ । उक्त राज्यको राजधानी मेलबर्नमा ब्याण्डले १३ फेब्रअरीमा कन्सर्ट गर्ने पनि अमृतले बताएका छन् । त्यहाँको ‘फोरम मेलबर्न’ हलमा कन्सर्ट गरिने पनि उनले जानकारी गराएका छन् ।

त्यसपछि आफुहरु अष्ट्रेलिया यात्रा अन्तर्गत राज्य तास्मानियामा पुग्ने र त्यहाँ अन्तिम कन्सर्ट पस्कने उनको कथन छ । १७ फेब्रअरीमा आफुहरुले सो राज्यको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा कन्सर्ट गर्ने पनि नेपथ्य प्रमुख अमृत गुरुङले बताएका छन् ।

अमृतलाई यो यात्रामा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन शाह अग्रस्थानमै