रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन गरिएको रारा राष्ट्रिय म्यूजिक अवार्ड-२०७९ समपन्न भएको छ ।

समारोहमा नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानित गरिएको थियो । विशिष्ट सङ्गीतकार/गायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायक/सङ्गीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित भए ।

कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस प्रा.लि.द्वारा आयोजित उक्त कार्यक्रममा विबिध मौलिक प्रस्तुतिहरूको साथै गीत सङ्गीतका ४७ विधाका विजेताहरूलाई अवार्ड प्रदान गरिएको अवार्ड कार्यक्रमका अध्यक्ष पदम रोकायले जानकारी गराए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक कला संस्कृती र कलाकारहरू प्रती सधैं सम्मान तथा सहयोग रहने बताउनुका साथै कार्यक्रम आयोजकलाई विशेष धन्यवाद दिइन ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
काठमाडौंमा एकलाख मत गन्दा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे