निफ्राको नाफा ७२ प्रतिशतले कसरी बढ्यो

काठमाडौं । ठूला पूर्वाधारमा लगानी गर्न भन्दै स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा ७२ दशमलव ७२ प्रतिशतले बढेको छ । बैंकले चालू आर्थिक वर्षको ६ महिनामा आफ्नो नाफा ७२ दशमलव ७२ प्रतिशतले बढाएर ७६ करोड पु¥याएको हो ।

गत आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्ममा बैंकको नाफा जम्मा ४४ करोड रुपैयाँ मात्रै थियो । बैंकहरूले निक्षेपको ब्याजदर उच्च दरले बढाउँदाको फाइदा निफ्राले उठाएको देखिन्छ । निफ्राको ब्याज आम्दानी पुस मसान्त अवधिमा एक अर्ब ३२ करोड रुपैयाँ पुगेको छ, जुन गत पुस मसान्तमा जम्मा ८२ करोड रुपैयाँ मात्रै थियो ।

अर्थात् निफ्राको ब्याज आम्दानी ६० दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । निफ्राले यो पुस मसान्त अवधीसम्ममा १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ, जुन गत पुस मसान्त अवधिमा जम्मा ८ अर्ब १३ करोड रुपैयाँ मात्रै थियो । अर्थात् निफ्राको कर्जा लगानी १४३ दशमलव ७८ प्रतिशतले बढेको छ ।

निफ्राको वितरण योग्य नाफा ६० करोड पुगेको छ, जुन गत पुसमा ३४ करोड रुपैयाँ मात्रै थियो । अर्थात् यो एक वर्षको अवधिमा निफ्राको वितरण योग्य नाफामा पनि ७६ दशमलव ४७ प्रतिशतले बढेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ७ दशमलव शून्य ९ रुपैयाँ छ र प्रतिसेयर नेटवर्थ १०७ दशमलव ७३ रुपैयाँ छ । निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ ।

बैंकले २ अर्ब २८ करोडको डिबेन्चर जारी गरिसकेको छ । निफ्राले ५७ करोड रुपैयाँ निक्षेप पनि संकलन गरेको देखिन्छ । बैंकको रिजर्भमा एक अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले अघिअघि कांग्रेस पछिपछि