मलेसियामा बन्धक बनाइएका १२ नेपाली फर्किए स्वदेश

काठमाडौँ । रोजगारीको सिलसिलामा मलेसिया पुगेर बन्धक बनाइएका १२ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरू हिजाे शुक्रबार नेपाल आइपुगेका हुन् । यसअघि ७ जनाको उद्धार गरेर नेपाल फर्काइएको थियो ।

फर्किनेमा गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का रहेका छन् ।

उनीहरू पुस १७ गतेबाट मलेसियाको केलाङमा बन्धन बनाइएका थिए । उनीहरूलाई बन्धक बनाउनुका साथै यातना दिएको खबर बाहिरिएपछि सरकारले समेत यसमा चासो व्यक्त गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 571 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमेश्वरको मेयरमा कांग्रेसका मानन्धर र उपमेरमा एमालेकी बस्नेत निर्वाचित