अर्घाखाँची । अर्घाखाँचीमा संचालन हुन लागेको पाँचौं महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन्धिखर्क आउँने कार्यक्रम तय भएको छ ।माघ ११ गतेदेखि २४ गतेसम्म संचालन हुन लागेको महोत्सवको उद्घाटनको लागि प्रधानमन्त्री प्रचण्ड आउन लागेको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताए। सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन मार्फत उहाँले यस्तो जानकारी दिए ।यस्तै महोत्सवमा करिव ४ सय स्टल रहने छन जसको तयारीको काम तिब्रताका साथ अगाडी बढेको छ ।
महोसत्व सम्पन्न गर्नको लागि २३ वटा विभिन्न समिति गठन गरिएको चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोक श्रेष्ठले बताएका हुन। अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको श्रेष्ठले भनाइ छ ।
“यस पटक महोत्सवलाई व्यापार व्यवसायको प्रवद्र्धनसँगै कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ, जिल्लाको संस्कृति, वेशभूषा र परम्पराको संरक्षण गदै उद्घाटनको दिन विभिन्न झाकी समेत समावेश गरिने बताईएको छ । यता जिल्ला प्रहरी कार्यालय अर्घाखाँची पनि प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्थापनको तयारीमा जुटेको प्रहरी नायब उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए ।