अर्घाखाँचीमा भलिबल प्रतियोगिता सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भलिबल प्रतियेगिता सम्पन्न भएको छ ।भलिबल खेलप्रतिको घट्दो आकर्षण बढाउन र राष्ट्रिय खेलाडी उत्पादनका लागि आई लभ यु युवा समुह पाणिनी २ को आयोजना गरेको भलिबल खेलमा अर्घाखाँची बुलेटिनको समुहलाई पराजित गर्दै पाल्पाको श्रीनगर भलिबल संघले विजयी हासिल गरेको छ ।

फाईनल खेलमा पाल्पाले अर्घाखाँची बुलेटिनलाई विजयी भएको तिन सेटमा क्रमशः २५–१०, २५–२१ र १९–१७ ले पराजित गरेको हो । भलिबल खेलमा प्रथम पुस्कार १ लाख १ हजार १ सय ११, द्वितियलाई ६० हजार ६ सय ६६ प्रदान गरिएको थियो ।

यस्तै खेलमा पाणिनी स्पोर्टस एकेडेमीलाई पराजित गर्दै परिवर्तित युवा क्लब पाणिनी ५ मैदानले तृतिय भएको छ । तृतियलाई ४० हजार ४ सय ४४ सहित शिल्ड, ट्रफी, प्रमाणपत्र

प्रदान गरेको क्लबका अध्यक्ष लोकराज रसाईलीले बताए ।प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो । भलिबल पहाडी क्षेत्रमा निकै लोकप्रिय खेल हो। पछिल्लो समयमा यसको विकासमा कसैको ध्यान जान सकेको थिएन त्यसलाई मध्य नजर गदै आई लभ यु युवा क्लबले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रसाईलीको भनाइ छ ।

समापन सत्रमा पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले खेलकुद क्षेत्रको विकासका लागी गाउँपालिका प्रतिबद्ध भई अगाडी बढ्ने बताए । उनले खेलकुद स्वास्थ्यका लागी सँगै खेलाडी उत्पादन गर्नमा पनी टेवा पुग्ने बताए ।

यस्तै पाणिनी गाउँपालिकाका पुर्व अध्यक्ष अच्युत गौतमले विजयी समुहलाई बधाई दिदैँ आगामी दिनमा थप मेहनत गर्न पराजित समुहलाई आग्रह गरे । उनले खेलकुद क्षेत्र अनुशासनमा केन्द्रीत हुने भएकाले खेलाडी अनुशानमा रहनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपाल भन्छन् 'हाम्रो पार्टीका ३५ जना निर्विरोध भैसके'