हुम्लामा हिमपात, किसान खुसी, कार्यालय बन्द

हुम्ला । हुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो ।

हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ । जिल्लाको माथिल्लाे क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिका‌‌स ठाउँहरुमा दुइ फिट भन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिका‌स स्थानमा करिब आधा फिट हिउँ जमेको छ ।

हिउँपरेपछि विशेष गरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।

हिउँदे सिजनमा विशेष गरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ । अदानचुली गाउँपािलका वडा नम्बर २ का माने बुढाले हिउँले हिउँदे बालीमा सहज हुने भएको बताए ।

हिमपात भएसँगै हुम्लामा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय हुम्लाका अनुसार यहाँको तापक्रम माइनस २ डिग्री रहेको छ । हिउँ नपर्दा भने तापक्रम झन चिसो थियो । तीन दिन अघि हुम्लाको तापक्रम माइनस १० डिग्रीसमेत पुगेको थियो ।

बिहानै देखी आएको निरन्तरको हिमपातले पशुचाैपायाहरु गाेठिभत्रै घाँस हालेर राखिएका छन् भने सोलार बाट सञ्चालीत सम्पुर्ण सेवाहरु अबरुद्ध भएका छन् ।

हुम्लामा रहेका सामुदायिक रेडियोहरु बन्द रहेका छन् भने सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि अत्याधिका चिसोका कारण प्राय बन्द देखीएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाकाे माथागढीमा एमालेको जित