काठमाडाैं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ नसकिएपछि शुक्रबारका लागि राखिएको छ । यो विवादको अन्तिम सुनुवाइ भएकाले हेर्दाहेर्दैमा राखिएको हो ।
यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ ।
अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अदालतको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ ।
अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यता’bout प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।
रबि लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
- राजधानी समाचारदाता
- माघ ११, २०७९
- ६:३३ मध्यान्ह


Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्
कुरी-कुरी

आजको १० समाचार
- रवि लामिछानेलाई अन्याय भएकाे भन्दै जुम्लामा…
- प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- भक्तपुरकाे जंगलमा लगेर बालिका बलात्कार
- वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी
- चार अर्ब बिदेसिने ठेक्का बन्द गर्न माग
- अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार
- किन बोलायो रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक
- १९ माघ २०७९
- सरकारी पाठ्यपुस्तक निजीलाई छाप्न दिने ‘विवादास्पद’ निर्णय
- धरासायी हुँदै ग्रामीण अर्थतन्त्र