खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत पक्राउ

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत योगेन्द्र ढुंगेल घुस आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ १ लाख ५० हजार रुपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो ।

गुणस्तर परीक्षण गरिसकेपछि अनुमति दिनका लागि घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले बतायो । यस विषयमा अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 385 times, 1 visits today)

epaper

ताजा समाचार

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ