४२ विधामा छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड

काठमाडौं । नेपालमा एक दर्जन भन्दा बढी भाषाभाषीका गीतसँगीत समेटेर ६ वर्ष यताबाट आयोजना हुँदै आएको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन मँगलबार सार्वजनिक गरिएको छ ।

आयोजक संस्था पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल)ले नेपालमा बोलिने विभिन्न भाषाभाषीको गीतको पनि प्रवर्धन गर्नुपर्छ भनेर नेपाली सहित एक दर्जन भाषाभाषीको गीतलाई समेटेर अवार्ड आयोजन ागर्दै आएको आयोजक कमला जोशीले बताएकी छिन् ।

यो अवार्डको छैठौं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सूची विभिन्न ४२ विधामा सार्वजनिक गरिएको छ । प्रतिष्प्रधामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका अध्यक्ष माधवराज खरेलले बताएका छन् ।

आगामी फागुनको दोश्रो साता काठमाडौंमा एक समारोहबीच यो अवार्डको विजेता घोषणा गरेर अवार्ड प्रदा नगरिने पनि खरेलले बताएका छन् । अवार्ड समारोहमा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने उनले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो