काठमाडौं, २१ माघ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समितिको बैठक सुरु भएको छ । आजदेखि जारी बैठकमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज पेश गरेका छन । उक्त दस्तावेजमा केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन ।
महासचिव डा.बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ । उक्त प्रतिवेदनमा पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजना’bout रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्न सक्ने जनाइएको छ । सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ ।
आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समय सीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले सङ्गठन निर्माणलाई जोड दिएको छ ।