बृहस्पतिमा ९२ वटा चन्द्रमा पत्ता लाग्यो

एजेन्सी । खगोलविद्ले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । योसँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।

खगोलशास्त्रीले यसअघि शनिमा ८३ चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । पत्ता लागेका नयाँ चन्द्रमा आकारमा शून्य दशमलव ६ माइलदेखि दुई माइलसम्मका छन् ।

आगामी एप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमा अध्ययन गर्न अन्तरिक्षयान प्रक्षेपण गर्दै छ भने अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा)ले पनि आगामी वर्ष अर्को यान प्रक्षेपण गर्नेछ ।

खगोलविद्का अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् । बृहस्पतिका नयाँ चन्द्रमा नामाकरण हुन बाँकी छ । नयाँ चन्द्रमामध्ये आधा धेरै साना छन् ।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान