सोमालियादेखि डेनमार्कसम्म सदाचारका कुरा

विषय प्रवेश
‘नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ’ यो पूर्वीय दर्शनको मूल मान्यता हो, र नेपाल पूृर्वीय धर्मशास्त्रको जननी देश हो, शिव, जनक र बुद्धको देश । संसारलाई सदाचार नीति, दर्शन, योग र ध्यान सिकाउने देश पनि । सम्पत्ति आवश्यक हो, चीरस्थायी हुन्न, र शवको कपडामा बगली पनि । नेतृत्वलगायत समाजमा हुनुपर्ने प्रमुख गुण भनेकै नीति, नैतिकता, सदाचार र इमानदारिता हो, मानव सर्वस्व हो यो । यसैबाट सामाजिक, आर्थिक, राजनैतिक जीवन शुद्ध हुन्छ । असल समाज निर्माणमा सबै व्यक्ति, समूह, समाज सदाचारी नै हुनुपर्छ ।

समाजको स्वरूप
हरेक व्यक्ति अभयी, निर्भयी बनून्– राज्यको न्यूनतम दायित्व हो यो † सृष्टिको उषाकालमा राज्य व्यवस्था थिएन । हालको जस्तो सामाजिक परिवेश थिएन भनौं समाजको बनोट नै थिएन † इतिहासको सुदूरपूर्वमा न आजका जस्ता कानुन न आजका जस्ता जनता नै थिए † दण्ड सजाय, दण्डाधिकारी केही कोही थिएन । धर्मको आधारमा समग्र परिवेश आफंै परिचालित थियो, भनौं वैदिक परम्परा, ईश्वरीय एक मात्र सत्ता † बिस्तारै समूह समाज निर्माण हुँदै आयो । समाज निर्माण हुँदै आउँदा कर्तव्य अकर्तव्यको पनि बोध हुँदै आयो । कालान्तरमा समाजमा नैतिक ह्रास हुन थाल्यो । हाल त पद प्रतितष्ठाको दुरुपयोग गरेर सत्ताको आडमा दलको भ¥याङ चढेर मोजमस्ती गर्नेहरूको जमात धेरै भइसकेको छ । सामान्य मूल्य र मान्यताविपरीत कामहरू हुन थालेका छन् ।

नीतिले शासन व्यवस्था चल्न छोड्यो । मानवको उद्देश्य अभीष्ट धर्म, अर्थ, काम र मोक्षको बाटो पनि बिर्सियो । जीवन सञ्चालनार्थ कृषि, गोरक्षा र सत्यको प्रतीकात्मकता वाणिज्यको परिकल्पनालाई छोडेर कमिसन त्यो पनि ठूलो कमिसनतिर समाज डोहोरिन थाल्यो । आजको परिवेश नितान्त बेग्लै छ । आज सन्त्रासै सन्त्रास छ ध्वनि र वायु प्रदुषणले अन्तस्करणमा पाइने खुसी बजारमा हाँसिरहेछ । महान् अध्येता महापुरुष विज्ञानबाट थाकेर आध्यात्मिक खोजतर्फ अग्रसर हुन थालेका छन् र भन्छन् अन्तस्करणमा खुसी छ, शान्ति आफंैभित्र छ, मृगतृष्णाले बाहिर भौतारिएर हुन्न, तर असल संस्कार आज हराइरहेको छ ! विकासको नाममा विनाश, आप्mनै धर्तीप्रतिको बर्बरताले धर्तीमाता रोइरहेकी छन् । जीवनको सारतत्व मान्छेले बिर्सियो । केवल धन, पद, प्रतिष्ठामा लहसियो । सेवाको नाममा व्यापार भयो, आजको समाजले हरेक विषयमा व्यापारलाई बहादुरी सम्झेको छ ।

उत्पादन नभएको, व्यापारघाटा चुलिएको, विदेशी र आन्तरिक ऋणले डुबेको देशमा नेताहरू सुशासन सिकाउँछन्

बलको तुजुक, चरम लापरबाही, ओठे भक्ति, जताततै सन्नाटा, आजको राज्य नेतृत्वले लिएको सुशासन र विश्व शान्ति गोहीको आँसु जस्तो छ । हामीले विश्वास गरेका संवाहकबाट हामीलाई प्राप्त उपहार यही हो । गाउँ बस्तीमा डोजर दौडाएर, भए नभएको पैसा रोपेर बाढी, पहिरोको समस्या थपिएको छ, डाँडा, पखेरीमा डोजरहरू गुडे, गाउँका मान्छे खाडी भास्सिए, अन्नपातमा कमी भयो । सार्वजनिक प्रशासनका अगुवाहरू लुथर गुलिक, मास्लो जस्ता विद्वान्ले भनेका थिए, नाना, छाना, खाना भने न्यूनतम हुनैपर्छ, सबैलाई ।

भ्रष्टाचारका कुरा
त्यसो त सदाचार र भ्रष्टाचार’bout मापन गर्ने संसारमा कैयन संस्थाहरू छन् अहिले, पहिले त ईश्वरीय राज थियो, जनकको जनकपुर मात्रै होइन देशैभरि सुन, हिरा, मोती जडित सरसामग्रीमा ताल्चा, साँचो चाहिन्नथ्यो, सबै खुल्लै हुन्थे, न चोरी न हिंसा रामराज्य त्रेतायुगसम्म । द्वापरमा हाम्रै देशको नाम मुक्तिपुर, सत्ययुगमा सत्यपुरी, त्रेतामा तपोवन र अहिले कलियुगमा नेपाल रहेको शास्त्रकारको मत छ । द्वापरदेखि केही र कलीमा असह्य मानवीय पीडा छ, र अनेकानेक कानुन, नियम बन्दा पनि मानवमा सदाचारको गुण कमै पाइन्छ । विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इन्साइट, बर्टेल्स्म्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट भीडीएम जस्ता संस्थाहरू छन्, यसको मापनमा संलग्न रहेका र बर्सेनि संसारका विभिन्न देशको भ्रष्टाचारका सूचकहरू मापन गर्ने गर्छन् ।

सन् २०२२ को मापन गर्दै हाम्रो देशलाई ट्राान्सपरेन्सी इन्टरनेसनलले विश्वका १८० देशमध्ये भ्रष्टाचारको सूचीमा ११०औंं स्थानमा राखेको छ । पूर्णाङ्क १०० मा ३४ अंक पाई नेपाल ११०आंै स्थानमा परेको र नजिकको छिमेकी देश भारत ४० अंक पाई ८५ औं भएको, अर्को ठूलो देश चीन ४५ अंक पाई ६५ औं स्थानमा आएको छ । यस वर्षको औसत अंक ४३ रहेकोमा संसारका दुईतिहाइ देशहरू योभन्दा कम अंकमा परेका छन् भने सोमालियाले खत्तम अंक १२ र डेनमार्कले उत्तम अंक ९० पाएको छ । डेनमार्ककी प्रधानमन्त्री कार्यालयमा आवतजावत गर्दा साइकल चढ्छिन् । गरीब देशमा महँगा हेलिकोप्टर, आलिशान महल, महँगा शौचालय र कार्पेट अनि चिल्लाकारहरू र अनेकौं सुरक्षा संयन्त्रहरू अघि–पछि लगाइन्छन् ।

जुन देशमा उत्पादन छैन, व्यापारघाटा चुलिएको छ, विदेशी र आन्तरिक ऋणले डुबेको देशमा नेताहरू सुशासन सिकाउँछन्, खर्च कटौती गर्ने उपदेशहरू जारी गर्छन् र आप्mना मान्छेलाई नयाँ नयाँ संयन्त्रहरू सिर्जना गरेर रोजगारी दिन्छन्, अनि असहायलाई घरबारी बेचेर विदेशीको भाँडा माभ्mन पठाउँछन्, आयातीत संघीयता र लोकतन्त्रको नाम भजाउँछन् र आमनागरिकलाई करको भारी अनि महँगीको पीडामा ताडना दिन्छन् । खरिद मोलको दोब्बरले सरकारी संयन्त्रले इन्धन बेच्छ, एकाधिकारको नाममा जनताको ढाड सेकाइन्छ र त समाजमा टिक्न बस्न नसकेर आत्मदाहसमेत गर्छन् त्यो पनि नीति र र नेतृत्वकै थलो मूल गेटमै ।

सूचकहरू
धेरै समय भइसकेको छ, नेपाल भ्रष्टाचारको सूचीमा दरिएको, दक्षिण एसियामा छौं हामी, यहीँ रहेको भूटानले ६८ अंक पाएर २५औं हुन सक्ने, त्यत्रो संकटमा परेको श्रीलंका ३६ अंक पाएर १०१औं हुने, माल्दिभ्सले ४० अंक पाएर ८५औं हुने र नेपालले भूटानभन्दा तलको स्थिति भनौं दक्षिण एसियामा पाँचौं हुनुपर्ने अवस्था देखियो । त्यसो त हामीभन्दा पछाडि अफगानिस्तान २४ अंक पाउने, बंगलादेश २५ अंक पाउने, पाकिस्तान २७ अंक पाउने पनि देखिए । हाम्रो मुलुकले सदाचार, नैतिकता, इमानदारिता र सुशासनको नारा लिएको वर्षौँ भइसक्यो, तर व्यवहारमा देखिएन, पछिल्लो चुनावको भुलभुलैया, यसमा भएका देशैभरिका हर्कत्ले सोको प्रमाणित गरेका छन् । बुथ क्याप्चर, मतपेटिकाको तोडफोड, आगजनी, ग्यासबम विस्फोट, कुटपिट, चुनावै रोक्नुपर्ने अवस्था, मतगणना हुन नदिने, बल प्रयोग गर्नुपर्ने अवस्था कतै अश्रु ग्यास, कतै गोली प्रहार अनगिन्ती घटनाहरू देशैभरि घटे ।

आदर्श, निष्ठाको अभावमा दलले आप्mनो एजेन्डा बिर्सेका, आप्mनो चिह्न, एजेन्डा छोडेका, स्वार्थका लागि विचार नमिल्नेसँग पनि हातेमालो गरेका, देश बनाउनभन्दा पनि आपूm सत्तामा पुग्नको हतारोमा लागेका देखियो, व्यवस्थाप्रतिको व्यापक वितृष्णा पोख्दै नयाँ अनुहार आए चुनावबाट, ती पनि कहिले त एक महिनासम्म नटिक्ने भए, पाउ पर्न खुमल्टार, बालुवाटार जानुपर्ने बाध्यतामा रहे । लौरो लिएर आएका बालेनप्रति पनि राजधानीमा प्रदर्शन सुरु भएको छ र ती पनि घरी घरी शक्तिकेन्द्रतिर धाइरहेका खबरहरू आइनै रहेका छन् । पश्चिममा हमाललाई ठाउँ मिलेन, न पूर्वका हर्कहरूले नै चयनमा काम गर्न सकेका छन् ।

दलहरूले आप्mनो एजेन्डा बिर्सेका, आफ्नो चिह्न, एजेन्डा छोडेका, स्वार्थका लागि विचार नमिल्नेसँग पनि सत्तामा पुग्न हातेमालो गरेका छन्

महँगो राजनैतिक प्रणालीप्रति आमजनताको निराशा छाएको छ, सिंहदरबार गाउँमा आएको त ठूलो सिंहको पेट लिएर पो आएछ, दरबार त उतै रहेछ भन्नेहरू धेरै छन् । जननिर्वाचित नेतृत्वमा पनि सदाचार भएन भने कहिले हुन्छ ? भ्रष्टाचार घटेन, सुशासनको नारा कल्पना मात्र भयो । चीनका राष्ट्रपतिले यहाँ आउँदा मुख खोलेरै भने नेतृत्वले जनताप्रति इमानदारिता, प्रतिबद्धता र सुशासन दर्साउनुपर्छ । विश्वमा अति कम भ्रष्टाचार हुने मुलुक डेनमार्क भएको छ, त्यहाँ नीति छ र नेतृत्व पनि सुशासन अनि जनताप्रतिको जिम्मेवारिपना । अमेरिकी राष्ट्रपति छोरी पढाउन जागिर खान्छन्, यहाँ जस्तो छोरी, बुहारीलाई सत्ता दिन मरिहत्ते गर्दैनन्, आपूmले चुनाव नजिते बजेटै नदिने बा ठुलै दुर्घटना हुने पनि त्यहाँ भन्दैनन् । देशमा निर्वाचनपछि पनि सार्वजनिक क्षेत्रमा भ्रष्टाचार हुनु, व्यापार व्यवसायमा अतिरिक्त खर्च गर्न पर्नु, पदीय अधिकारको दुरुपयोग हुनु, यस क्षेत्रमा अनुगमन पक्ष कमजोर हुनु, विगतदेखिका दीर्घकालीन समस्या ज्यूँ का त्यूँ हुनुले हाम्रो समस्या यथावत् देखिन्छ ।

खासगरी ठेक्कापट्टामा, सार्वजनिक सेवा प्राप्त गर्दा, कर भुक्तानीमा, छिटो न्याय पाउँने कुरामा भ्रष्टाचारको सम्भावना अधिक रह्यो, चुनाव नै महँगो भयो, डोजरे विकास देखाएर स्थानीय तहमा भ्रष्टाचार बढ्यो र बेरुजु पनि ।

अन्त्यमा
शुद्ध राजनीति भइदिएको भए देशमा यति ठूलो महँगी, भ्रष्टाचार, व्यापारघाटा, ऋण हुने थिएन । दल फुकाएको साँढे जस्तै भए, शून्य खर्च दरमा चुनाव सम्पन्न गर्नुपर्छ, नत्र देश थप भिक्षार्थी हुनेछ । देशमा सवारी दुर्घटनाले हजारौंको ज्यान जान्छ, पानी जहाज र रेल अनि स्वर्गमै पुग्नेगरी धेरै अन्तर्राष्ट्रिय विमानस्थलका चर्चा हुन्छन्, धान्न सक्ने स्थितिलाई बुझिँदैन । औद्योगिक सम्भावना प्रसस्तै बोकेका बालाजु कपडा उद्योग, हरिसिद्धि इँटा टायल कारखाना, काठमाडौं भक्तपुर ट्रलीबस सेवा, बाँसबारी छाला तथा जुत्ता कारखाना, भृकुटी कागज कारखाना, वीरगन्ज चिनी मिल, हेटौंडा कपडा उद्योग सबै निल्यौं हामीले । संघीयता दिए विदेशीले, मुलुक हराभरा, देश कायापलट हुन्छ भनियोे, जनताले पत्याए पनि तर असह्य करको पीडा बोकेर मुटुमाथि ढुंगा भएको छ ।

शिक्षा, स्वास्थ्य अति महँगो छ, ट्राफिक जाम, सडकको अवस्था, फोहोरको डुंगुर, संस्था कर उठाउँनै व्यस्त, नेताको सपना कति हो धेरै । विदेशी आउँदा बाटो टालटुल पार्ने, एयरपोर्ट र तीनकुनेलाई नयाँ बेहुलीभैंm सिँगार्ने, आपूm भने २० मिनेटको बाटोमा हेलिकोप्टर, जनता भने प्रदूषित वातावरणबाट मरणासन्न हुनुपर्ने अवस्था छ । स्थानीय जनप्रतिनिधि समाज सेवाका लागि हुनुपर्ने हो, समाज सेवामा पारिश्रमिक मोह हुन्न । जागीरे हुने भए लोक सेवा जाने हो । स्वास्थ्य, इज्जत, भविष्यप्रतिको चिन्ताबाट मुक्ति, कर्मचारीका बीमा, यातायात, बच्चाहरूको अध्ययन, यसमा राज्य मौन बस्न चाहिँ मिल्दैन । सार्वजनिक प्रशासनको सेवा छिटोछरितो, कम लागतको, झन्झटमुक्त र परिणाममुखी हुनुपर्छ ।

सेवाग्राहीको सन्तुष्टि नै राजनीतिबीच सह–सम्बन्ध, नेतृत्ववर्गले लिने नैतिक आचरण, राजनैतिक प्रणालीप्रतिको सर्वस्वीकार्य भाव, नवीन कार्य, नवीन अवधारणा, सिर्जनशीलता, जोखिम काम गर्न सक्ने खुबी एवं क्षमताको विकास यी केही तत्वहरू राजनीति र प्रशासन दुवैले सोच्ने विषय हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इलामको सन्दकपुरकाे अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरूङ विजयी