सुपर माईको आइपीओ आजबाट बिक्री खुला

काठमाडौँ । सुपर माई हाइड्रोपावरले सोमबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। आज माघ २३ गते सोमबारदेखि कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ जारी गरेको हो।

यो मध्ये १०५ अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। ५५ अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् १० हजार कित्ता कर्मचारीहरूलाई छुट्याएको छ। बाँकी ४ लाख १५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

यसमा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ। यसलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्र एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसतमा सुरक्षित रहेको सङ्केत गर्छ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

चट्टानी घर्तीभीर फोरियो, खोटाङ–तराई बाटो छोटियो