बर्डफ्लु भनेको एभियन इन्फ्लुएन्जा अर्थात् एच–फाइभ–एन–वान नामक सूक्ष्म भाइरसका कारणले लाग्ने प्राणघातक रोगलाई नै बर्डफ्लु वा ‘पक्षीरुघा’ भनिन्छ । यो पक्षीको जीवाणुबाट संक्रमण हुने रोग हो । यो एउटा अति नै छिटो सर्ने भाइरस पनि हो । यस्तो किसिमको भाइरस १४४ थरीका हुन्छन् । यसर्थ, बर्डफ्लु भाइरसको सतहमा एच र एन प्रोटिन रहन्छन् । यसको साथसाथै प्रोटिनका आधारमा भाइरसका उपप्रजातिहरू हुन्छन् । तीमध्ये एच–फाइभ–एन–वान र एच–सेभेन–एन–सेभेन हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा हुन् । अर्थात्, यी बढी घातक हुन् । हिमाग्लुटिनिनलाई संक्षेपमा एच र न्युरामिनिडेजलाई छोटकरीमा एन भनिन्छ । यसको हालसम्म औषधि र खोप पत्ता लागिसकेको छैन ।
तर, विज्ञहरूको भनाइनुसार उचित सतर्कता अपनाए मान्छेमा यो रोग कमै सर्ने हुन्छ । मूलतः विश्वका १४ देशका अहिलेसम्म करिब ४ सय जनामा यो रोग सरेकामा २ सय ६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ । संगठनका अनुसार हालसम्म संसारका ६५ देशमा बर्डफ्लु देखिएको छ । यस रोगको सुरुवात सर्वप्रथम सन् १८७८ मा चराचुरुंगीमा र सन् १९९७ मा मानिसमा भएको थियो । ऐतिहासिक रूपमा हेर्ने हो भने विश्वमा सन् १९६१ मा दक्षिण अफ्रिकी मुलुकको कुखुरापालन फर्मबाट फैलिएको यो रोगले विश्वव्यापी रूप लिँदै कयौं मानिसको ज्यानसमेत लिइसक्यो । त्यस्तैगरी, दक्षिणपूर्वी एसियाका भारत, बंगलादेश, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड र नेपाल गरी ६ मुलुकमा घरपालुवा कुखुरामा तथा इन्डोनेसिया, म्यानमार र थाइल्यान्डमा भने मानवमा समेत यो रोग देखापरेको छ ।
सामान्यतय बर्डफ्लु जाडो मौसममा छिटो फैलिने भए पनि यो जुनसुकै मौसममा देखापर्छ
यसबाट सन् १९९७ यता संसारभरि यसबाट २ सय ४८ जना मानिसको मृत्यु भइसकेको छ भने २२ अर्ब पक्षीजन्य मरेका वा नष्ट गरिएका र २ सय अर्ब डलर क्षति भएको विज्ञहरूको भनाइ छ । तसर्थ, दक्षिण एसियामा सन् २००६ मा पहिलोपटक यो रोग फैलिएको हो । बर्डफ्लुको जीवाणु खासगरी रोगी पक्षीहरूबाट सर्ने गर्छ । तर पनि मानिसबाट मानिसमा सरेर मृत्युसमेत भएका घटना चीन, कम्बोडिया, थाइल्यान्ड, भियतनाम तथा टर्कीमा सार्वजनिक भइसकेका छन् । हाम्रा छिमेकी मुलुकहरू चीन र भारतमा पनि यसले ठूलो आर्थिक र मानवीय नोक्सानी पु¥याएको छ । नेपालमा भने सन् २००९ मा मात्र बर्डफ्लु रोग भित्रिएको हल्लखल्ल भएलगत्तै त्यसपछिका वर्षहरूमा यसले बढ्दो रूपमा सन्त्रास दिन थालेको छ । तसर्थ, अब नेपाल पनि यस रोगबाट अछूतो रहन सकेन ।
हाम्रो देशमा फेरि गत सोमबार (२३ माघ) बर्डफ्लु रोग देखापरेको छ । हालसम्म ६ हजार २ सय १० कुखुरा, ५ सय ८ हाँस, ५ सय ५० किलो दाना र १० हजार २ सय २५ वटा अण्डा नष्ट गरिएको सम्बन्धित क्षेत्रको भनाइ पाइन्छ । यसमा पनि पहिलोपटक काठमाडौंको नागार्जुन नगरपालिका–६, रामकोटमा देखिएको हो । सो क्षेत्रबाट पहिलोपटक ४ हजार ५ सय ९१ कुखुरा, २२ सय ५५ वटा अण्डा नष्ट गरिएको भेटनरी अस्पतालले जनाएको छ । सो अस्पतालको भनाइनुसार हालसम्म तीन स्थानमा संक्रमण फैलिएको छ । जसमा काठमाडौंको तारकेश्वर नगरपालिका–१ र ७ तथा ललितपुरको खुमलटारमा संक्रमण फेला परेको छ । यी तीनवटै स्थानमा गरी हालसम्म ६ हजार २ सय १० कुखुरा, ५ सय ५० किलो दाना र १० हजार २ सय २५ वटा अण्डा नष्ट गरिएको छ ।
सोही भेटनरी अस्पतालको भनाइनुसार गत सोमबारदेखि तारकेश्वर नगरपालिका–१ साङ्लामा लोकल कुखुरा ४ सय ६२, ५ सय ८ हाँस र २ सय कुखुरा नष्ट गरिएको छ । सोही नगरपालिका वडा नम्बर ७ मा पनि संक्रमण फैलिएको छ । जहाँबाट ९ सय ४० कमर्सियल लियर जातका कुखुरा, ५ हजार ४ सय ६० वटा अण्डा र सय किलो दाना नष्ट गरिएको छ । त्यसैगरी, ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क)मा सोमबार नै २ सय १७ कुखुरा, २ हजार ५ सय ३० अण्डा र २ सय ५० किलो दाना नष्ट गरिएको छ । हालसम्म जानकारीमा आएको र परीक्षणपश्चात् देखिएकालाई तत्कालै नियन्त्रणमा लिएको पशु विभागले जानकारी दिएको छ ।
यसरी नै गतवर्ष १६ माघमा काठमाडौं उपत्यकाको तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो । यसरी विभिन्न ठाउँमा बर्डफ्लु देखापरेपछि विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अलम्बन गर्न, पक्षीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निःसंक्रण गर्न तथा व्यक्तिगत सरसफाइमा आग्रह गरेको थियो । त्यसरी नै यो रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल सो क्षेत्रलाई नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशुु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरिएकोे विभागले जनाएको छ ।
समग्रमा भन्नुपर्दा मुलुकमा यस वर्ष बर्डफ्लु रोग देखिएको यो आठौंपटक हो । यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौंको तारकेश्वरका तीन ठाउँमा बर्डफ्लु देखिएको थियो । बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि संघ, प्रदेश र स्थानीय तहबाट दक्ष जनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमणसमेत गरिसकेको सम्बन्धित क्षेत्रले जानकारी दिएको छ । हाल देशमा कुखुरापालनमा १ खर्बभन्दा बढी रुपैयाँ लगानी भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । यो व्यवसायमा रहेका ७५ प्रतिशतभन्दा बढीले नाफा कमाउने गरेका छन् ।
नेपालसहित ६ देशमा घरपालुवा कुखुरामा देखापरे पनि इन्डोनेसिया, म्यानमार र थाइल्यान्डमा भने मानवमा समेत यो रोग देखापरेको छ
यसरी बीचबीचमा आउने बर्डफ्लुको संक्रमणले कुखुरापालक चिन्तित छन् । विदेशबाट गैरकानुनी ढंगले आयात हुने चल्लामा पूर्ण प्रतिबन्ध लगाउन, बर्डफ्लु तथा महामारीमा नष्ट भएका कुखुरा, अण्डाको क्षतिपूर्ति दिनुपर्ने आवाज बारम्बार उठ्छ । सरकारी तथ्यांकनुसार वार्षिक रूपमा कुखुराको मासु २० अर्ब ५२ करोड ८८ लाख रुपैयाँ, अण्डाबाट ९ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्ला बिक्रीबाट ३ अर्ब ६० करोड ७६ लाख, कुखुराको मलबाट ४५ करोड ३७ लाख रुपैयाँको कारोबार हुन्छ । यो व्यवससाय हालसम्म ६४ जिल्लामा २१ हजार ९ सय ५६ व्यावसायिक फार्म रहेको विभागले जनाएको छ । देशभर कुखुरापालनमा ५५ हजार ८ सय ७१ जनाले रोजगारी पाएका छन् । यसमा पनि ९९ हजार ६ सय अस्थायी कामदार छन् ।
कुखुरापालनमा निजी क्षेत्रको लगानी छ । यसर्थ पछिल्ला केही वर्षमा कुखुराको मासु र अण्डा उपभोगसमेत ह्वात्तै बढेको छ । एक ठाउँमा संक्रमण फैलिएलगत्तै कुखुराको मासुको उपभोग स्वाट्टै घट्ने हुँदा कृषकहरू मारमा परेका छन् । तसर्थ, स्वस्थ कुखुराको मासु उपभोग गर्न योग्य हुन्छ भनेर सम्बन्धित क्षेत्रका अधिकारीले पनि पहल गर्नु जरुरी छ । अतः कुखुरा उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको अवस्था छ भने वार्षिक अबौं रुपैयाँ जोगिने सम्भावना हुन्छ । त्यसका लागि पनि नेपाली कृषकलाई बचाउनका लागि राज्य चनाखो हुन जरुरी छ । सम्भवतः जाडो याममा साइबेरियाबाट चराहरूको बथानले आफ्नो बासस्थान सार्ने हुनाले यो समय बढी जाडो हुनाले भारत तथा नेपालमा चराहरूले बसाइँ सार्ने गर्छन् ।
त्यसैबेला ती चराबाट बर्डफ्लु यहाँका घरपालुवा पक्षीजन्यमा सर्ने गर्छ । खासगरीकन यो माहामारी जाडो याममा प्रायः देखिने गर्छ । बर्डफ्लु चरामा हुने भाइरस संक्रमण हो र यो छिटो फैलिन्छ । यसको संक्रमण देखापरेपछि उच्च सतर्कता अपनाउन जरुरी हुन्छ । कुखुरा फार्ममा यो संक्रमण भएपछि मानिसमा समेत सर्ने सम्भावना बढी हुन्छ । कुखुराको हेरचार गर्नेक्रममै यो संक्रमण फैलिने भएकाले बढी जोखिमपूर्ण हुन्छ । देशमा कुखुराको मासु धेरै खपत हुनेमध्येमा पर्छ । फलतः संक्रमण थाहा नपाएर संक्रमित कुखुरा र पुगे एकैपटक धेरैमा सर्नसक्ने जोखिम हुन्छ । यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ । स्थानीय तहले पनि यसमा काम गर्न सक्छन् ।
सामान्यतय बर्डफ्लु जाडो मौसममा छिटो फैलिने भए पनि यो जुनसुकै मौसममा देखापर्छ । यद्यपि, स्थानीय प्रशासनले संक्रमण फेला परेको स्थानलाई केन्द्रबिन्दु मानेर करिब ३ किलोमिटर टाढासम्म तीन महिनालाई कुखुरालगायत अन्य पक्षीजन्य जीवन पाल्न आग्रह गरेको हो । यसरी स्थानीय प्रशासनले ती ठाउँलाई बर्डफ्लु संकटग्रस्त क्षेत्रसमेत घोषणा गर्नुपर्ने नियम छ ।






