बिदेशीलाई अग्रिम बुकिङ खोल्दा फुलबारीलाई फाईदा

काठमाडौं । बिगतमा नेपालमा चलचित्र रिलिज हुनुभन्दा दुई दिन अघि मात्र अग्रिम बुकिङ खुला गरिन्थ्यो । नेपालमा बिदेशी चलचित्रको अग्रिम बुकिङ गर्ने प्रचलन सुरु भएपछि नेपाली चलचित्रको पनि अग्रिम बुकिङको क्रम बढेको छ ।

यसै क्रममा चलचित्र ‘फुलबारी’को रिलिज मिति आउँदै गर्दा सो चलचित्रको रिलिज भन्दा पाँच दिन अघि नै अग्रिम बुकिङ खोलिएको छ । शुक्रबार ५ फागुनबाट रिलिज हुने यो चलचित्रको आईतबार नै अग्रिम बुकिङ खुला गरिएको छ ।

हुन त शुक्रबारबाटै बलिउड फिल्म ‘शेहजादा’ र हलिउड फिल्म ’एन्ट–म्यान एण्ड द वास्पः क्वान्टुमेनिया’ रिलिज हुँदैछ । ती दुबै बिदेशी फिल्मको अग्रिम टिकट बुकिङ खुलेसँगै नेपाली चलचित्र फुलवारीको पनि बुकिङ खुलेको हो । जवकी नेपाली चलचित्रलाई पाँच दिन अघि नै अग्रिम बुकिङ खोल्ने गरिएको छैन ।

‘महाशिवरात्री विदाको अवसर पारेर फागुन ५ देखि प्रदर्शन गर्न लागेको हाम्रो चलचित्रको आज दोश्रो दिन वुकिङ राम्रो गईरहेको छ । यो हिसावले रिलिज राम्रो हुने विश्वास हाम्रो छ ।’ निर्माता मनिष ढकालले बताएका छन् ।

मुलुक भरका सिनेमा हलमा आफुले करिब ३५ प्रतिसत शो पाएको पनि निर्माण पक्षले जनाएको छ । सिनेमाको शो अझै बढ्ने पनि निर्माण पक्षको कथन छ । शिवरात्रीसँगै पहिलो हप्तामै प्रजातन्त्र दिवस र ग्याल्बो ल्होसारको बिदाका कारण फिल्मले अझ राम्रो ब्यापार गर्ने पनि निर्माता ढकालको विश्वास छ ।

यो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ । चलचित्रको प्रदर्शन नजिकिँदै गर्दा अभिनेताद्धय दयाहाङ र विपिनले अन्य फिल्मको छायाँकनका कारण यो चलचित्रको प्रचारमा समय दिन सकेका छैनन् ।

कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित यो चलचित्रलाई उपेन्द्र सुब्बाको लेखेका हुन् । जसमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा÷अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ । यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको रामनगरमा आफ्नै काकालाई पराजित गर्दै अध्यक्ष जिते २२ वर्षे युवाले