नवश्रीको स्वरमा गोपाल योञ्जनको गीत

काठमाडौं । कुनै पनि मान्छेको भौतिक शरिर एकदिन सकिन्छ । भौतिक शरिर नरहे पनि उसको सिर्जनाको भने अनन्तकालसम्म चर्चा भइरहन्छ ।

त्यसरी चर्चा हुनका लागि उनका सिर्जनाको उचित स्यहार, सुसार पहिलो प्राथमिकतामा पर्नुपर्छ । विकसित राष्ट्रमा त राज्य आफैंले श्रष्ठाको सम्पत्ति संरक्षण,संवद्धन गर्छ । तर, हाम्रो जस्तो राष्ट्रमा त्यो सम्भव छैन । रेडियो नेपालको अर्काइभबाटै पुराना गीत हराएका प्रसंगपछि हामी श्रष्टालाई हेर्ने हाम्रा नीतिका विषयमा थप ब्याख्या जरुरी छैन ।

यस अर्थमा गोपाल योञ्जन सर्वाधिक भाग्यमानी श्रष्टा मानिन्छन् । उनको निधनपछि उनकी श्रीमती रिञ्छेन योञ्जन उनका सिर्जनमा सम्बद्धनमा यसरी लागेकी छिन् । अरु जो कसैमा यो क्षमता भेटिँदैन । रिञ्छेनको पहिलो कर्म नै योञ्जनका संगीतको सम्बर्धनमा जुटेको छ ।

जीवनका सात दशक बिताएकी रिञ्छेनले गोपालय अर्थात गोपाल योञ्जनका संगीत यसरी लिपिबद्ध गरेकी छिन् । विश्वमा चर्चित लाइब्रेरीमा समेत योञ्जनका संगीत संग्रहित हुन पुगेका छन् ।

योञ्जनको माया प्रेममा आधारित गीत ‘मेरी माया’को नयाँ भर्सन सार्वजनिक भएको छ । गाेपालयकाे प्रस्तुती रहेकाे उक्त गीतमा योञ्जनको शब्द, संगीत रहेको छ भने उनकी नातिनी नवश्रीले स्वर दिएकी छिन् । याेञ्जनका गीतमा माया प्रेमका सतही अभिब्यक्ती भन्दा पनि गहिराे अर्थ भेटन सकिन्छ । याे पनि माया प्रेमकाे गहिराे अभिव्यक्ति दिने ७० काे दशककाे गीत हाे । जुन गीत सन ०७० को दशकमा उदित नारायण झाको स्वरमा रेकर्ड भएको थियो । मेराे माया गीतमा भेटन सकिने मायाकाे अर्थ अहिले झन सान्दर्भिक भएकाे ठान्दै गाेपालयले रेकडिङ गरेकाे जनाएकाे छ ।

नवश्रीको स्वरमा रेकर्ड भएको गीतमा ७० को दशकमा प्रचलित अकुस्टिक बाजाहरु प्रयोग गरिएको छ । अर्कोर्डियन तथा कंगो पनि सुन्न सकिन्छ । ओरिज्नल संगीतलाइ ध्यानमा राखेर संगीतकाे परिकल्पना रिञ्छेन याेञ्जनले गरेकी छिन् भने संगित संयाेजक सचिन सिंह रहेका छन् । भिडियाेकाे कथा निर्देशन याेञ्जनकी छाेरी सृजना सिंह र कान्छी नातिनी सर्वश्री रहेकी छिन् । भिडियाेमा छायाङकन, सम्पादन र कलर पनि सर्वश्रीकै रहेकाे छ । भिडियाेमा नवश्रीका फेशन स्टाइल माइली बहिनी नविस्था रहेकी छिन् ।

अमेरिकामा छायाङकन गरिएको गीतको भिडियोमा मोडलिङ नवश्रीले नै गरेकी छिन् भने ६०, ८० र अहिलेका दशकका कथा समेटिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 763 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान