राष्ट्रपति निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डसमक्ष कांग्रेसको औपचारिक प्रस्ताव

काठमाडौं । राष्ट्रपति निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष नेपाली कांग्रेसले औपचारिकरुपमा प्रस्ताव गरेको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन् ।

प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको हो । प्रधानमन्त्रीलाई भेट्न कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला हिजो साँझ बालुवाटार गएका थिए ।

कांग्रेस महामन्त्री थापाले करिब दुई घन्टा भएको छलफलमा राष्ट्रपति निर्वाचन र समसामयिक विषयमा कुराकानी भएको जानकारी दिए । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि पटक पटक छलफल भैरहेको छ ।

उनीहरुबीच सहमतिको प्रयास भैरहँदा कांग्रेसले पनि राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रको सहयोग मागेको हो । सो अवसरमा प्रधानमन्त्रीले यस’bout आफ्नो पार्टीमा छलफल गर्ने बताए । माओवादी केन्द्रले आज पदाधिकारी बैठक बोलाएको छ । आजको बैठकमा राष्ट्रपति निर्वाचन’bout छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ नागरिकका गुनासा