चार घण्टा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । गत माघ महिनाको जस्तै सोमबार फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागनमको सर्भर करिब ४ घण्टासम्म डाउन भएर हवाई यात्रुले सास्ती भोग्नुप-यो । सर्भर डाउन हुँदा अन्तर्राष्ट्रियतर्फ हवाई उडान प्रभावित भएको थियो ।

विमानस्थलको अध्यागमनभित्रका सबै कम्प्युटरमा सोमबार बिहान साढे ११ बजेदेखि डाउन भएको सर्भर दिउँसो साढे २ बजेपछि मात्र सञ्चालनमा आएको थियो । त्यतिबेलासम्म यस विमानस्थलबाट विभिन्न गन्तव्यमा पुग्नुपर्ने अन्तर्राष्ट्रियतर्फका हवाई यात्रु विमानस्थलमै अलपत्र परेका थिए ।

यसरी बारम्बार विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सर्भर डाउन हुँदा अध्यागन कार्यालयको प्रस्थान र आगमन बिन्दुमा रहेका कम्प्युटरले हवाई यात्रुको राहदानी र भिसा अध्ययनको काम समेत गर्न सक्दैनन् । सोही कारण विमानस्थलको हवाई उडान नै प्रभावित हुने गरेको हो ।

देशको संघीय राजधानी काठमाडांैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल यसरी पटक पटक सर्भर डाउन भएर हवाई उडान प्रभावित हुँदा समेत सरकारले सो समस्या समाधान गर्न सकेको छैन । जसका कारण विभिन्न गन्तव्यमा आवतजावत गर्ने सयौं यात्रु निकै मारमा पर्ने गरेका छन् ।

उनीहरूले विमानस्थल व्यवस्थापनको कमजोरीका कारण अनावश्यक सास्ती भोग्नुपरेको छ । केही यात्रुले यहाँबाट उडेर अन्य गन्तव्य विमानस्थलमा समयमै पुग्न नपाएका कारण ट्रान्जिट उडान नै छुटाउन बाध्य हुनुपरेको छ । अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य नै रोकिएको थियो ।

फेरि विमानस्थलको सर्भर डाउन भएर यात्रुलाई सास्ती

हाल अध्यागमनको राहदानी र भिसा परीक्षणलगायत सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर डाउन भएपछि सेवा ठप्प हुन्छ । जसका कारण यहाँबाट विमानहरू समयमै उड्न पाएका थिएनन् भने विमानस्थल प्रवेश गरिसकेका हवाई यात्रु र विमानहरू लामो समय अलपत्र भएर बस्न बाध्य भएका थिए ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले करिब चार घण्टासम्म सर्भर डाउन भएर उडान प्रभावित भए पनि विमानस्थलभित्रको विमान पार्किङमा समेत समस्या हुन सक्ने भएकाले अवतरणमा पनि कठिनाइ हुने जोखिम बढ्ने बताए । उनले जतिसक्दो छिटो सर्भर डाउनको समस्या निवारण हुनुपर्ने बताए ।

अध्यागमन विभागका महानिर्देश ऋषिराम तिवारीले विमानस्थलभरि इन्टरनेट सेवामा समस्या भएकाले अध्यागमनको सेवा केही समय रोकिएको बताए । तर, विमानस्थल कार्यालयका प्रवक्ता सिटौला भने अध्यागमनको सर्भर मात्रै प्रभावित भएको र त्यसले समग्र विमानस्थलको सेवामा नै प्रभावित भएको बताए ।

विमानस्थल कार्यालयले जानकारी गराएअनुसार सोमबार बिहान साढे ११ बजेदेखि समस्या देखिन थालेको सर्भर डाउनको समस्या साढे २ बजेसम्म पनि सञ्चालनमा आएको थिएन । बिहान साढे ११ बजेदेखि अध्यागन कार्यालयको सर्भरमा समस्या देखिन थालेको र यस्तो समस्या साढे २ बजेसम्म भइरहेको विमानस्थलका कर्मचारीको भनाइ छ ।

करिब ४ घण्टासम्म विमानस्थलमा अध्यागमनको सर्भर डाउन हुँदा नेपाल वायुसेवा निगम, इन्डिगो, एयर, थाई स्माइल, मलेसियन एयरलायन्स र श्रीलंकन गरी आधा दर्जन विमानबाट विभिन्न गन्तव्यसम्म पुग्नुपर्ने यात्रुको राहदानी तथा भिसाको डिजिटल अध्ययन समयमै हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

अध्यागमन कार्यालयले भने नेपाल टेलिकमको इन्टरनेटमा समस्या आउँदा अध्यागमनको काम नै रोकिएको दाबी गरे । हवाई सुरक्षाको हिसाबले एकदमै संवेदनशील मानिने विमानस्थलको सर्भरमा सधंै आइपर्ने यस्तो समस्या समाधान गर्नुको साटो विभिन्न सरकारी निकायबीच नै एकले अर्कोलाई दोष थोपरेर आपूm जिम्मेवारीबाट पन्छिन खोज्ने यस्तो गैरजिम्मेवारीपूर्ण व्यवहारले विमानस्थलका यात्रु अनावश्यक सास्ती भोग्न बाध्य भएकोे आमसेवाग्राहीको गुनासो छ ।

उनीहरूले जतिसक्दो छिटो यस्तो समस्याको स्थायी समाधान गरिनुपर्ने माग गरेका छन् । नत्र नेपाल प्रवेशका लागि विदेशी पाहुनाको पहिलो आगमनस्थलमा बारम्बार हुने गरेको यस्तो समस्याले विदेशी पर्यटका लागि नकारात्मक सन्देश प्रवाह हुने उनीहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित