द भ्वाइस किडको ब्लाइन्ड अडिसनमा ६५ प्रतिस्पर्धी चयन

काठमाडौं । द भ्वाईस किड नेपालको दोश्रो सिजन सुरु हुने भएको छ । बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो ’bout जानकारी गराईयो । दोश्रो भ्वाईस किडका लागि लिइने ब्लाईन्ड अडिसनका लागि यसपटक ६५ जना बालबालिका छानिएको पनि आयोजक पक्षले कार्यक्रममा जानकारी गरायो ।

‘बालबालिकाहरुका लागि आयोजना गरिएको द भ्वाईस किड नेपालको पहिलो सिजनमा उत्कृष्ट बालकलाकारहरु सहभागी हुनुका साथै यो कार्यक्रमले राम्रो प्रतिक्रिया पाएका कारण दोश्रो सिजन आयोजना गर्न लागेका हौं ।’ आयोजक हिमालय टिभीका सिईयो श्याम कँडेलले पत्रकार भेटघाटका क्रममा बताए ।

भ्वाईस किड््सको पहिलो सिजनका कोच राजु लामा दोश्रो सिजनमा हटेका छन् । उनको ठाउँमा यसपटक युवा पपगायक सुशान्त केसीलाई अनुबन्धित गरिएको छ । बाँकी कोचमा पहिलो सिजनकै कोचहरु गायक प्रमोद खरेल, गायिकाद्धय मिलन नेवा र प्रविशा अधिकारी रहेका छन् ।

यही २६ फागुनबाट हिमालय टिभीमा प्रशारण हुने बालबालिकाहरुको यो गायन प्रतिस्पर्धामा कोचको रुपमा चयन भएपछि सुशान्तले भने,‘पहिलो सिजनको धेरैजसो सृँखला मैले हेरेको थिएँ र निकै प्रतिभावान बालबालिकाहरु आएका थिए । यो दोश्रो सिजनमा कोच भएर अझ उनीहरुलाई राम्ररी उतार्ने छु ।’

यस्तै अर्की कोच मिलन नेवा र प्रविशा अधिकारीले पनि आफ्नो टिममा रहेका बाल प्रतिभाहरुलाई सक्दो राम्रो प्रशिक्षण दिएर खरो रुपमा प्रतियोगितामा उतार्ने प्रतिवद्धता सो कार्यक्रममा जनाए ।

कार्यक्रममा कोचहरुले उत्कृष्ट रुपमा प्रतियोगीहरुलाई उतार्ने विश्वास कार्यक्रमका निर्माता धर्मराज भुसालले व्यक्त गरे । नेपालमा पनि गायनमा उत्कृष्ट बालबालिका छन भन्ने कुरा यो प्रतियोगिताले पुष्टी गरेको उनको कथन थियो । यो प्रतियोगितालाई लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
काठमाडौं महानगरको उपप्रमुखमा एमालेकी डंगोलले ल्याईन् समाजवादीको भन्दा तीन गुना बढी मत