रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी

लन्डन । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो । मिलिटाओले खेलको २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल ५ मा हुनेछ । दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले विपिन जोशीको परिवारलाई १० लाख सहयोग गर्ने