काठमाडौं । दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवको आगामी वैशाखमा आयोजना हुने भएको छ । नयाँ वर्षको अवसर पारेर सेलिब्रेटी नेपालको आयोजनामा यो महोत्सव वैशाखको पहिलो साता हुने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जनाएका छन् ।
पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पु¥याउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र सहभागी रहनेछ । महोत्सवका लागि चलचित्र दर्ता आह्वान गरिएको पनि आयोजक संस्थाले जानकारी दिएको छ ।
महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पु¥याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धधन गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।






