जुम्ला पातारासीका महिला खाडल रित्याएर पकेट भर्दै

जुम्ला । जुम्लाको चौधविस क्षेत्र, हालको पातारासी गाउँपालिका । जुम्लाका आठ पालिका मध्यको जटिल भूगोल र कठिन जीवनशैलीको क्षेत्र हो, पातारासी । जसरी ठुला डाँडाकाँडा र हिमालले पातारासी छोपिएको छ, त्यसै गरि लुकेका छन्, यहाँका महिलाका दुख, कष्टका कहानी । प्रकृतिले आलुका लागि उर्भरभूमी दियो तर डोकोमा आलु बोकेर बजार खोज्नुपर्ने बाध्यताले महिलालाई निकै कष्ट भोग्नुपर्यो । अहिले भने हिमालयन सहकारीले गाउँगाउँमै पुगेर किसानको आलु खरिद गरिरहेको छ ।

सडक सञ्जाल जोडिनु पूर्व यहाँका महिला पैदल खलंगा पुगेर धान सँग आलु साट्थे, कतिपय आलु खाडलमै कुहिन्थ्यो । अहिले गाउँमै २५ रुपैंया किलोमा आलु धमाधम विक्रि भइरहेको छ । जुम्लाको पातारासी गाउँपालिकाको आलुले बजार पाउँदा किसान उत्साहित भएका छन् । सहकारीले गाउँगाउँ बाट आलु खरिद गरेपछि पातारासीका महिलालालाई डोको बोकेर बजार खोज्नुपर्ने बाध्यता हटेको स्थानीय मायादेवी बुढाले बताइन । यहाँको आलु सुदुरपश्चिम र मध्यपश्चिमा विभिन्न जिल्लामा निर्यात भइरहेको छ ।

‘पातारासी गाउँपालिका का ७ वटै वडामा आलु उत्पादन हुन्छ । चैतमा रोपिने आलु वैशाखमा गोडमेल गरेर असोजमा संकलन गरिन्छ । हिँउदको समयमा घाम नलाग्ने ठाउँमा खाडल बनाएर भण्डार गरिन्छ । यसो गर्दा आलु कुहिन पाउदैन ।’ स्थानीय माया बुढाले भनिन् । अहिले पातारासीका रिनि, पठमारा, बाँता गाउँबाट ८ सय क्विइन्टल आलु खरिद गरिएको छ । अन्य बस्ति बाट पनि खरिद गरिदै छ । यहाँको आलु सुदुरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लामा निर्यात भइरहेको छ । आलु जोनहरुले समेत पातारासी बाटै बिउ मगाउने गरेको हिमालयन बहुउदेश्यीय सहकारी का बजार व्यवश्थापक राजेन्द्र बुढाले बताए । ‘हिमालयन बहुउदेश्यीय सहकारीले आलुको अर्गानिक ब्राण्ड नै दर्ता गरेको छ, अहिले तत्कालै ६ सय क्विइन्टल आलुको माग छ, पातारासीका ४ वटा वडाका दर्जन गाउँबाट आलु एकमुष्ट उठाइदै छ ।’ उनले भने ।

पातारासीको उर्थु चौतारामा १० टन भण्डारण क्षमताको आलु संकलन केन्द्र स्थापना गरिएको छ । बलौटो माटो भएको पातारासीभर आलु उत्पादन हुन्छ । गाउँ गाउँमा आलु संकलन केन्द्र स्थापना गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन । ‘महिलाको सामाजिक विकास सँगै आर्थिक रुपान्तरण पनि आवश्यक छ, अलिहे पनि महिला आर्थिक गतिविधिबाट टाढा छन्, तर पातारासीको अवश्था फरक छ, आलु उत्पादन र विक्रि वितरणमा महिला बढि सँलग्न छन् ।’ उपाध्यक्ष रोकायाले भनिन् ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार २ हजार ६ सय ५० हेक्टरमा आलु खेती भइरहेको छ । आलु उत्पादनको ६० प्रतिशत हिस्सापातारासी गाउँपालिकाले मात्रै ओगटेको छ । यहाँको ५० प्रतिशत आलुबाहिर जिल्लामा बिक्री हुने गरेको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार जुम्लामा कृषि क्षेत्रमा अथाह सम्भावना छ । यो मध्यको आलु एक हो ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्ला एमालेको प्रतिवद्धता : कक्षा १२ सम्म निशुल्क शिक्षा