भाइरस संक्रमणले अमेरिकामा एक नेपालीको निधन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा कोविड–१९ कोरोनाभाइरसबाट एक नेपालीको निधन भएको छ । न्युयोर्कको कुईनिसस्थित ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय अनिल लिम्बुको निधन भएको युएस नेपाल पोस्टले जनाएको छ ।

उच्च रक्तश्राप र मधुमेहका बिरामी लिम्बुलाई एक साता अगाडी ज्वरो र टाउनको दुख्न थालेपछि चेकजाँच अस्पताल पुगेका थिए । अस्पतालको रिपोर्टमा उनलाई भाइरस संक्रमण पोजेटिभ भेटिएको पारिवारिक स्रोतले बताएको छ ।

अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका लिम्बुको मंगलबार बिहान निधन भएको हो । पाँचथरका स्थायी बासिन्दा लिम्बु झण्डै २० वर्ष अघिदेखि अमेरिका बस्दै आएको नेपाल जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए । उनका श्रीमति एक छोरी र छोरा छन् ।

विदेशमा निधन भएका लिम्बू दोस्रो नेपाली हुन् । यसअघि बेलायतमा एकजनाको निधन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न