बारामा किर्ते कागज बनाएको आरोपमा ४ जना पक्राउ

सांकेतिक तस्वीर

बारा । बाराको जीतपुरसिमरामा किर्ते कागज तयार गरी जग्गाको कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । यद्यपी एक स्रोतअनुसार पक्राउ पर्नेमा बाहिब अंसारी, सुवास यादव, प्रल्लाद रेग्मी र एकजना हेटौँडाका कानुन ब्यवसायी रहेको बुझिएको छ । थप बिवरण आउन बाँकी छ ।

बाराको रामपुरटोकनी स्थित हु.प्र. भनिएका बिवादित जग्गाहरुमध्ये कुनै एक कित्तालाई मात्र किटान गरेर सर्वोच्चको नाम र छाप प्रयोग गरी किर्ते कागज बनाई पेस गरेको अरोपमा संलग्न ४ जना पक्राउ परेका हुन् ।

चार जनासंगै अन्य ३ जनापनी जग्गा सम्बन्धी कामको किर्ते आरोपमा पक्राउ परेको समेत बुझिएको छ ।

सर्वोच्च अदालतको अभिलेख शाखाको नामबाट सिमरा मालपोत कार्यालयमा किर्ते कागज तयार गरी बाराको जितपुरसिमरा स्थित एक बिवादित जग्गालाई ब्यक्तिका नाममा ल्याउन मालपोत कार्यालय सिमरामा सिफरिस पत्र बनाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?