सार्वजनिक सेवामा उत्तरदायित्व

सरकार, व्यक्ति, तथा संगठन आफ्नो निर्णय वा आफ्ना क्रियाकलाप, प्रक्रिया वा व्यवहारप्रति, आफूले गरेको आम्दानी, खर्च तथा अर्जित परिणामप्रति जिम्मेवार हुनु र उत्तरदायी बन्नु सार्वजनिक उत्तरदायित्व हो । सार्वजनिक पद धारण गरेका सार्वजनिक पदाधिकारीले निर्णय, स्रोतसाधनको उपयोग र कार्यको लेखाजोखा गर्ने अवसर जनतालाई दिने र सो सम्बन्धमा सार्वजनिक पदाधिकारीले जवाफ र स्पष्टीकरण दिने दायित्व तथा परिपाटीलाई सार्वजनिक उत्तरदायित्व भनिन्छ । सार्वजनिक उत्तरदायित्वले सार्वजनिक पद धारण गर्ने व्यक्ति, सार्वजनिक उद्देश्य राख्ने संगठन र सार्वजनिक उद्देश्य राख्ने प्रणालीसँग सम्बध राख्छ ।

प्रजातान्त्रिक शासन प्रणालीमा संविधानमा नै सार्वजनिक उत्तरदायित्वलाई व्यवस्थित गर्ने पद्दतिको स्थापना गरिएको हुन्छ । सीमित सरकार भन्नाले सरकारले देशको मूल कानुन संविधान तथा कानुनले निर्धारण गरेको अधिकार, शक्ति तथा कार्यविधिभित्र रहेर आफ्नो जिम्मेवारी सम्पादन गर्नुलाई लिइन्छ । संविधानवादले कानुनी शासनको उल्लंघन, अधिकारको दुरूपयोग तथा सार्वजनिक सम्पत्तिको हिनामिना जस्ता कार्य, व्यवहार र आचरणलाई नियन्त्रण गर्दै सरकारलाई जनताप्रति उत्तरदायी बनाउने संयन्त्र पनि संविधानमा रहेको हुन्छ । यसर्थ, संविधान नै सार्वजनिक उत्तरदायित्व प्रवद्र्धन गर्ने प्रमुख संयन्त्र र आधार हो ।

सरकारको गठन र सञ्चालन संविधानअनुरूप हुन्छ र सरकारलाई सहयोग गर्न कर्मचारीतन्त्र स्थापना गरिएको हुन्छ । सरकारले नीति निर्माण गर्छ भने त्यस्ता नीतिहरू कार्यान्वयन गर्ने र जनतालाई सेवा प्रदान गर्ने कार्य कर्मचारीतन्त्रले गर्छ । खासगरी नीति निर्धारण तथा नीति कार्यान्वयनका सन्दर्भमा सार्वजनिक उत्तरदायित्व खोज्ने गरिन्छ । सार्वजनिक नीति निर्धारणका सम्बन्धमा तात्कालिक वातावरणमा नीति आवश्यक थियो थिएन, नीति पर्याप्त थियो थिएन, नीतिले लक्षित उपलब्धि हासिल ग¥यो गरेन भनी लेखाजोखा गरिन्छ भने नीति कार्यान्वयन र सेवाप्रवाह गर्दाको घडीमा अधिकार र शक्तिको दुरूपयोग भयो भएन, स्रोतसाधनको हिनामिना भयो भएन, कानुनमा पालना भयो भएन सोको लेखाजोखा गरिन्छ ।

सार्वजनिक पद धारण गरेका सार्वजनिक पदाधिकारीले आफ्नो निर्णय, कार्यसम्पादन, खर्च र व्यवहारप्रति जिम्मेवार अनि जवाफदेही हुनुपर्छ


सार्वजनिक उत्तरदायित्व सार्वजनिक पद धारण गरेका सार्वजनिक पदाधिकारीले आफ्नो निर्णय, कार्यसम्पादन, खर्च र व्यवहारप्रति जिम्मेवार र जवाफदेही हुनु हो । यसर्थ, सार्वजनिक उत्तरदायित्वको खोजी अधिकारको प्रयोग, स्रोतसाधनको उपयोग, कार्यक्षेत्र र कानुनको पालना, प्रदर्शित व्यवहार, रिपोर्टिङ, हासिल उपलब्धि तथा जनस्वरको महŒवजस्ता विषयमा गरिन्छ ।

संगठनमा अधिकार प्रयोग र स्रोतसाधनको उपयोगलाई व्यवस्थित गर्न तथा दुरूपयोगलाई हतोत्साही गर्नका लागि संवैधानिक, कानुनी, नैतिक परिपाटीको स्थापना गरी उत्तरदायित्व बहन गर्नुपर्ने व्यवस्था गरिएको पाइन्छ । आजकल उत्तरदायित्वलाई ठाडो र समतल रूपमा हेर्ने पनि गरिन्छ । परम्परागत रूपमा कर्मचारी खासगरी सुपरिवेक्षकप्रति उत्तरदायी भए पुग्ने सोच राखिएको हुन्थ्यो, अब सुपरिवेक्षक वा मन्त्रीप्रति होइन सोझै जनताप्रति र परिणामप्रति पनि उत्तरदायी हुनुपर्छ भन्ने मान्यता विकास भएकाले ठाडो र समतल उत्तरदायित्वको खोजी बढ्दै गएको पाइन्छ ।

(क) उत्तरदायित्व सुनिश्चितताका परम्परागत संयन्त्र
राजनीतिक उत्तरदायित्वअन्तर्गत संविधानले राजनीतिक नेतृत्व सरकार प्रमुख प्रधानमन्त्री, मन्त्री व्यवस्थापिकाप्रति उत्तरदायी हुने व्यवस्था गरेको हुन्छ । व्यवस्थापिकामा संसद् र संसदीय समितिहरूले मन्त्रीहरू र कर्मचारीलाई प्रश्न सोधेर उत्तरदायित्व बहन गर्न बाध्य बनाउँछन् ।

कार्यपालिका र व्यवस्थापिकाले बनाएका ऐन कानुनले जनताका हक अधिकार उपयोगमा बाधा पु-याएको न्यायिक पुनरावलोकन हुने व्यवस्था गरिएको हुन्छ । साथै, संविधानले सरकारको खर्चको हिसाबकिताबको लेखाजोखा गरी लेखापरीक्षण गर्न महालेखापरीक्षकको व्यवस्था गरेको हुन्छ । महालेखापरीक्षकले आफ्नो लेखापरीक्षणको प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्ने र राष्ट्रप्रमुखले त्यस्तो प्रतिवेदन व्यवस्थापिकामा पठाउने व्यवस्था संविधानमै गरिएको हुन्छ । त्यस्तै आवधिक निर्वाचन, व्यवस्थापिकामा बजेट पेस गर्ने प्रणाली पनि राजनीतिक उत्तरदायित्वका संयन्त्र हुन् ।

प्रशासनिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक प्रशासनमा संगठन स्पष्ट कार्यविभाजन गरी विभागीकरण तथा संगठनमा कार्यरत कर्मचारीको जिम्मेवारी किटान गर्न कार्यविवरण वनाइएको हुन्छ । कर्मचारीतन्त्रमा पदानुक्रम नियन्त्रणको सीमा आदेशको शृंखलाजस्ता नियन्त्रण र सुपरिवेक्षणको व्यवस्था गरिएको हुन्छ । साथै, कर्मचारीका लागि आचारसंहिताको व्यवस्था र कार्यसम्पादन गर्न औपचारिक कार्यविधि निर्धारण गरिएको हुन्छ । कर्मचारीतन्त्रका तटस्थता, अवैक्तिकता, नामरहित, मेरिट एवं सक्षमताजस्ता विशेषताले उत्तरदायित्व प्रवद्र्धन गर्ने मान्यता राखिन्छ भने दण्ड र पुरस्कार, पदोन्नति, सरुवा र पदस्थापन पनि उत्तरदायित्व प्रवद्र्धन गर्ने परम्परागत संयन्त्रमा पर्छन् । यसर्थ, कर्मचारीतन्त्रमा सुपरिवेक्षक नै उत्तरदायित्व प्रवद्र्धन गर्ने प्रमुख र महŒवपूर्ण संयन्त्र हो ।

उत्तरदायित्व पालनाले अधिकार, सार्वजनिक स्रोतको सदुपयोग हुने कार्यसम्पादनमा जनताको आवाजलाई महŒव दिने तथा जिम्मेवारी पूरा गर्ने सभ्यता स्थापना गर्छ

(ख) उत्तरदायित्व सुनिश्चितताको आधुनिक संयन्त्र

सार्वजनिक प्रशासनमा उत्तरदायित्वको ठाडो संयन्त्र मात्र पर्याप्त नभएपछि समतल संयन्त्रका रूपमा परिणामप्रति, नागरिकप्रति, उपभोक्ता वा सेवाग्राहीप्रति उत्तरदायी बन्नुपर्ने संयन्त्र विकास गरिए । परम्परागत रूपमा कर्मचारी संयन्त्रले सम्पादन गरेको कार्यप्रति मन्त्रीले उत्तरदायित्व लिनुपर्ने परिपाटीमा अब कर्मचारीले पनि उत्तरदायित्व लिनुपर्ने स्थिति विकास हुँदै गएको छ । कर्मचारीहरू संसद्, न्यायालयसमक्ष उपस्थित भई आफ्ना निर्णय र कार्यसम्पादनका प्रक्रिया र परिणामका ’boutमा जानकारी गराउनुपर्ने परिपाटी विकास भएको छ । सामाजिक परीक्षण, सार्वजनिक सुनवाइको अभ्यास भएको छ । सूचनाको हकको संवैधानिक र कानुनी व्यवस्थाले सार्वजनिक निकाय र पदाधिकारीको कार्यसम्पादनलाई पारदर्शी बनाउनुका साथै सूचनामा जनताको पहुँच सुनिश्चित गरेको व्यवस्थाले उत्तरदायित्व बहनलाई आधुनिकीकरण गरेको छ । सूचना सञ्चार प्रविधिको उपयोगले उत्तरदायित्व सुनिश्चित गर्ने व्यवस्थालाई अझ सरल र वैज्ञानिक पनि बनाएको छ ।

नेपालमा सार्वजनिक उत्तरदायित्व

नेपालको संविधानले आवधिक निर्वाचनको व्यवस्था गरी सरकार एवं राजनीतिक दलहरूलाई जनउत्तरदायी भई कार्यसम्पादन गर्नुपर्ने वातावरणको निर्माण गरेको छ । संविधानले नै सरकार, सरकार प्रमुख प्रधानमन्त्री एवं मन्त्रीहरू व्यक्तिगत एवं सामूहिक रूपमा व्यवस्थापिकाप्रति उत्तरदायी हुने व्यवस्था गरेको छ । साथै, संविधानले कानुन अनुरूपबाहेक कर लगाउन, घटाउन, बढाउन नसकिने र व्यवस्थापिकाको स्वीकृतिबेगर सरकारी रकम खर्च गर्न नसकिने व्यवस्था गरेको छ भने खर्च गरिएको रकम र आम्दानी गरिएको रकमको कानुन, संगठन एवं राष्ट्रिय अन्तर्राष्ट्रिय सिद्धान्तअनुकूल भए नभएको परीक्षण गर्न महालेखापरीक्षक एवं अख्तियारको दुरूपयोग भए नभएको हेर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको संवैधानिक व्यवस्थासमेत गरिएको छ । साथसाथै, सरकारका निर्णयहरूको न्यायिक पुनरावलोकन हुने व्यवस्था, प्रधानन्यायाधीशलगायत अन्य न्यायाधीशलाई महाअभियोग लगाउन सकिने व्यवस्था पनि संविधानमा रहेको छ ।

निजामती सेवा र कर्मचारी विभागीय मन्त्री र प्रधानमन्त्रीप्रति उत्तरदायी भई काम गर्ने प्रचलित परम्परा रहेको छ । सुशासनसम्बन्धी ऐन, २०६३ ले मन्त्री र सचिवको कार्यक्षेत्र परिभाषा गर्दै सचिवलाई मन्त्रीप्रति उत्तरदायी बनाएको छ । साथै, निजामती सेवा ऐनले निजामती कर्मचारीलाई आफ्नो सुपरिवेक्षकप्रति उत्तरदायी हुने सिद्धान्तलाई अंगीकार गरेको छ । सुपरिवेक्षकले आफूअन्तर्गतका कर्मचारीको रेखदेख गर्ने र सोहीअनुरूप कर्मचारीको वृत्तिविकास हुने व्यवस्था गरेको छ । निजामती सेवा ऐनमा कर्मचारीले पालना गर्नुपर्ने आचरण, सम्पत्ति विवरण दिनुपर्ने व्यवस्था तथा दण्ड र पुरस्कारको व्यवस्थाले कर्मचारीलाई उत्तरदायी भई काम गर्न प्रेरित र बाध्य गर्ने वातावरण सिर्जना गरेको पाइन्छ । साथै, प्रचलित ऐन कानुनले निजामती सेवा र कर्मचारीलाई सेवाग्राही, सरोकारवाला एवं जनताप्रति उत्तरदायी भई आफ्नो निर्णय, सेवा प्रवाह र कार्य गर्नुपर्ने वातावरण पनि बनाएको छ ।

परंपरागत रूपमा सरकार अर्थात् सार्वजनिक क्षेत्रका काम कारबाही मात्र जिम्मेवार र उत्तरदायी हुनुपर्ने सोचमा व्यापक परिवर्तन आएको छ । निजी क्षेत्र, नागरिक समाज तथा स्थानीय संघसंस्थाहरूसमेत जनउत्तरदायी हुनुपर्ने भन्ने सामाजिक उत्तरदायित्वको अवधारणा विकास भइसकेको छ । निजी क्षेत्रमा सञ्चालित उद्योग, व्यवसाय तथा फर्म आफ्ना उपभोक्ता, ग्राहक र सेवाग्राहीप्रति उत्तरदायी हँुदै समाजप्रति नै उत्तरदायी हुनुपर्छ भने नागरिक समाज र संघसंस्थाहरू प्नि आफ्ना कार्यका सम्बन्धमा समाज र जनताप्रति जवाफदेही हुनुपर्ने भएको छ ।

सार्वजनिक उत्तरदायित्वमा देखापरेका समस्या

व्यवस्थापिका र व्यवस्थापिकाका संसदीय समितिहरू पर्याप्त सक्रिय हुन नसकेका कारण सरकारलाई उत्तरदायी बनाउन कठिन देखिन्छ ।

माजमा स्वार्थसमूह, हितसमूह, राजनीतिक दल, व्यवसायी, प्रेसजस्ता सरोकारवाला छन् भने स्थानीय, क्षेत्रीय र राष्ट्रिय दृष्टिकोण राखी बहुआयामिक र बहुपक्षीय निर्णय गर्नुपर्ने स्थिति छ । जसले उत्तरदायित्व बहन गर्न कठिनाइ छ ।

प्रजातान्त्रिक शासनप्रणालीमा संविधानले जनतालाई सूचनाको हक प्रदान गरेका कारण जनता सबै प्रकारका सूचना खोज्छन् भने सरकार वा कर्मचारीतन्त्र सबै सूचना सार्वजनिक गर्न नसकिने विचार राख्छन् । जसले उत्तरदायित्व बहन गर्न कठिनाइ छ ।

सार्वजनिक महत्वपूर्ण निर्णय गर्दा र कार्यान्वयन गर्दा सामाजिक, सांस्कृतिक विविधतालाई सम्बोधन गर्नु आजको यथार्थ हो, जुन चुनौतीपूर्ण छ ।

निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्न तथा सोको अनुगमन गर्ने परिपाटीको विकास हुन सकेको छैन ।

निजामती सेवामा कर्मचारीको कार्यविवरणको पूर्ण कार्यान्वयनको अभावले उत्तरदायित्व किटान गर्न र कर्मचारीलाई कार्यसम्पादनको आधारमा पुरस्कार र दण्डित गर्न सकिएको छैन ।

सरकारको कार्यविभाजन नियमावलीको आधार र कामको प्रकृतिअनुरूप विभागीकरण गरिए पनि कतिपय जिम्मेवारी दोहोरो पर्ने अवस्था रहेको र उच्चस्तरमा समन्वय हुन असजिलो भइरहेका कारण उत्तरदायित्व बहन गर्न गराउन कठिन भएको अवस्था छ ।

निजामती कर्मचारीको नियमित सुपरिवेक्षण, मूल्यांकन गर्ने एवं काम गर्ने र नगर्ने कर्मचारीबीच विभेद छैन ।

देशको भौगोलिक विकटताअनुरूप कर्मचारीलाई दुर्गममा रहेर काम गर्ने उत्प्रेरण र नीतिको अभाव छ ।

कार्यसम्पादन प्रक्रियामा उत्तरदायित्व खोजिन्छ तर परिणाम केकसो भयो हेरिँदैन ।

निजामती सेवाको सेवाप्रवाह सम्बन्धमा उजुरी सुन्ने र व्यवस्थापन गर्ने संयन्त्र प्रभावकारी छैन ।

जिम्मेवारी, अधिकार प्रत्योजन, स्रोतसाधन र उत्तरदायित्वबीच पर्याप्त सन्तुलनकौ अभाव छ ।

सरकार तथा सार्वजनिक प्रशासनले निर्णय गर्दा पारदर्शिता र सरोकारवालाको सहभागिता पर्याप्त नभएकाले जनताप्रति उत्तरदायी भई काम गर्ने संस्कारलाई प्रवद्र्धन गरेको छैन ।

कानुनको पालना, आचारसंहिताको अनुशरणमा कमजोरी रहेकाले आर्थिक अनुशासनहीनता एवं सेवाप्रवाहमा उदासीनता रहेको पाइन्छ ।

आमसञ्चारमा अनुसन्धानकर्ता र बुद्धिजीवीहरूमा खोजमूलक सोचकोे कमी छ ।

महालेखापरीक्षकको लेखापरीक्षणबाट औंल्याएका कमीकमजोरी र त्रुटी सच्याउने गरेको पाइँदैन ।

कानुनको पालनामा देखिएको अज्ञानता, उदासीनता र बलमिचाइ उत्तरदायित्वका चुनौती बनेका छन् ।

कार्यसंस्कृति गोप्य रहनु पनि उत्तरदायित्व प्रवद्र्धनको बाधक बनेको छ ।

मन्त्रिस्तरीय समस्या समाधान समिति र राष्ट्रिय समस्या समाधान समितिको बैठक प्रभावकारी बन्न नसकेको कारण उत्तरदायित्व बहन गराउन कठिनाइ देखिन्छ ।

सार्वजनिक उत्तरदायित्व प्रवद्र्धनका लागि सुझावहरू

उत्तरदायित्वले निर्णय प्रक्रिया, कार्यसम्पादन र जिम्मेवारीवहनलाई सशक्त बनाउने अपेक्षा गरिन्छ । शासनप्रक्रियालाई सुशासनमा रूपान्तरण गर्ने महत्वपूर्ण तत्वहरू पारदर्शिता, सहभागिता, कानुनीराज र उत्तरदायित्व हुन् । उत्तरदायित्व प्रवद्र्धन गर्न पारदर्शिता, सहभागिता, कानुनीराजको जति भूमिका रहन्छ, त्यति नै महत्व राजनीतिक, प्रशासनिक, नैतिक, पेसागत मूल्य मान्यताको रहने गर्छ । नेपालको सार्वजनिक प्रशासनमा सार्वजनिक उत्तरदायित्व प्रवद्र्धन गर्नका लागि सरकारका अंगहरूबीच शक्ति सन्तुलन र पृथकीकरणको व्यवस्था छ ।

कानुनी राजको व्यवस्था, सूचनाको हकजस्ता संवैधानिक व्यवस्थाका अतिरिक्त कानुनी रूपमा सुपरिवेक्षण, आचारसंहिता, नागरिक बडापत्र, सार्वजनिक सुनुवाइ, शंखघोष गर्नसक्ने तथा सरकारको कार्यविभाजन नियमावलीजस्ता व्यवस्था पनि छन् । भ्रष्टाचारविरुद्ध शून्य रणनीति, उपभोक्ता समूहको गठन र सहभागिता, सरोकारवालाको सहभागिता, खर्चको सार्वजनिकीकरण, चौमासिक एवं वार्षिक प्रतिवेदन र प्रतिवेदनमाथि हुने समीक्षा, कर्मचारीको कार्यविवरण र कार्यसम्पादन गर्ने अधिकारको व्यवस्था, निरन्तर सुपरिवेक्षणजस्ता व्यवस्थाहरूसमेत छन् । सार्वजनिक उत्तरदायित्व कायम गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनले मात्र उत्तरदायित्वलाई प्रवद्र्धन गर्छ ।

सारमा, सार्वजनिक उत्तरदायित्व प्रजातान्त्रिक शासन प्रणालीको चरित्र हो । प्रजातान्त्रिक शासन प्रणालीमा महŒवपूर्ण राज्यशक्ति जनताप्रति उत्तरदायी हुन्छ, किनकि जनता राज्य शक्तिका स्रोत हुन् । जनताले आफ्नो अधिकार कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका हुँदै कर्मचारीतन्त्र, सेना, प्रहरी, शिक्षकलाई सुम्पेका हुन्छन् । नैतिक सिद्धान्तदेखि कानुनी एवं प्रशासनिक सिद्धान्त र पेसागत मूल्य मान्यताले सरकारलाई जनताप्रति उत्तरदायी बनाउने संयन्त्र बनाएको हुन्छ ।

यसैगरी, निजी क्षेत्र पनि सामाजिक उत्तरदायित्ववाट विमुख हुनसक्ने अवस्था छैन । उत्तरदायित्व पालनाले अधिकार, सार्वजनिक स्रोतको सदुपयोग हुने कार्यसम्पादनमा जनताको आवाजलाई महत्व दिने तथा जिम्मेवारी पूरा गर्ने सभ्यता स्थापना गर्छ । यसर्थ जिम्मेवारी, अधिकार र उत्तरदायित्व स्पष्ट गरी कार्यसम्पादनको वातावरणअनुकूल बनाई आफ्नो क्षेत्रमा संलग्न पदाधिकारी, कर्मचारी, सेना, प्रहरी, शिक्षक एवं निजी क्षेत्रलाई सो सम्बन्धमा स्पष्ट रूपमा सुसूचित गर्दै जिम्मेवारी निभाउन र उत्तरदायी बन्ने संस्कार, संस्कृति र व्यवहार विकास गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 2,037 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ