सरकारले बुझ्यो विदेशमा रहेका नेपालीको अवस्था

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीको अवस्था’bout चासो लिएको छ । विश्वभरि कोरोना भाइरस (कोभिड) को संक्रमण महामारीका रूपमा फैलिरहेको बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार भिडियो कन्फरेन्समार्फत विदेशमा रहेको नेपालीको अवस्था’bout जानकारी लिएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकास्थित नेपाली नियोग प्रमुखसँग कोभिड–१९ संक्रमणको स्थिति र ती मुलुकमा रहेका नेपालीको अवस्था’bout छलफल गरेका हुन् । कोरोना संक्रमणले ती देशको अर्थ व्यवस्थामा पार्न सक्ने असर तथा सोबाट नेपालीको रोजगारीमा पर्ने सम्भावित प्रभावका विषयमा समेत भिडियो कन्फरेन्समा छलफल भएको थियो ।

सरकारले जहाँ भए पनि ती नेपालीलाई सुरक्षित रहने अवस्था बनाउन पहल सुरु गरेको हो । भिडियो कन्फरेन्समा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्व राय यादवसमेत रहेका थिए । उनले श्रमिक नेपालीको अवस्थाको विषयमा चासो व्यक्त गरेका थिए । छलफलका क्रममा नियोग प्रमुखले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकमा भएको संक्रमणको अवस्था र त्यहाँका सरकारले संक्रमण नियन्त्रण गर्न चालेको कदमका विषयमा मन्त्रीलाई जानकारी गराएका थिए ।

उनीहरूले नेपालीको अवस्था र त्यहाँ पर्न सक्ने समस्याको विषयमा समेतमन्त्रीहरूलाई अवगत गराएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली नागरिकलाई दूतावासले नियमित र आकस्मिक सेवामा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले नियोग प्रमुखलाई सम्बन्धित मुलुकमा नेपालीको अवस्थाको विषयमा प्रतिवेदन पेस गर्नसमेत निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता