विषय प्रवेश
आगलागीसँगै जोडिने विपत्ति हो चट्याङ, यसले धेरै धनजनको नोक्सान गरेको छ । देशमा विपत्ति धेरै किसिमका छन्, अर्को विपत्ति आकाशको चट्याङ हाम्रो वशमा छैन । विश्वका अधिकांश देशमा यसको प्रक्षेपणको प्रविधि छ, पहिले नै जानकारी गराइन्छ, मानिस सचेत हुन्छ । छिमेकी देश भारत मात्रै होइन दक्षिण एसियाका धेरै देशमा चट्याङ पर्नु ५, ६ दिनअघि नै त्यो क्षेत्र आसपासमा सर्वसाधारणलाई सचेत गराइन्छ तर हामी कहाँ खेतबारीमा काम गर्दा गर्दै चट्याङमा परेर मानिसको अकाल मृत्यु हुन्छ हाम्रो मौसम पूर्वानुमान शाखाले वायुमण्डलमा उत्पन्न वायुको प्रभाव, स्याटेलाइट तथ्यांक विश्लेषण गरी मौसमको अनुमान गर्छ तर जुन दिन पानी पर्छ भन्छ त्यही दिन बढी घाम लागेको र पानी नपरेको अवस्था पनि अनुभव गरिएको छ ।
चट्याङको उर्वर समय चैतदेखि असारसम्म हो । तलको हावा तातेर माथि जाने माथिको हावा चिसो हुने असन्तुलित अवस्थामा चट्याङ पर्ने हुन्छ । खासगरी साँझतिर आकाशमा कालो बादल मडारिन्छ, विद्युतीय ताप उत्पन्न हुन्छ, तापक्रम अत्यधिक भएपछि चट्याङ पर्छ, सहज पानी पर्न लाग्दा वा पानी पर्न नसक्दा ठूलो आवाजसहित आकाशमा विद्युतीय झिल्का दिन्छ र त्यो झिल्काले जमिनको भागमा हान्छ, खासगरी अग्लो क्षेत्रमा, विद्युतीय सर्कुलेसन भएका ठाउँमा वा खुला स्थानमा यो बल्झिन्छ । चट्याङ परेर घर, भवनहरू ध्वस्त भएका मानिसको तत्कालै मृत्यु भएका घटनाहरू हामीले धेरै देखेका छौं । खासगरी देशैभरि यस्तो प्रकोप छ हामीकहाँ वर्षेनी ।
तथ्यांकलाई हेर्दा
एउटा तथ्यांकले भनेको छ विश्वमा प्रतिदिन ८० लाख बढी चट्याङ पर्ने गरेको छ । यस अर्थमा हरेक सेकेन्डमै चट्याङ परी नै रहन्छ । चट्याङको ज्वालाले आकाशबाट जमिनमा प्रहार गर्र्ने हो । विज्ञहरू भन्छन् चट्याङको अनुमानै गर्न कठिन छ । यो एक किसिमको विद्युत् हो, जुन हावामा बहने गर्छ । तर, विद्युतीय तारबाट प्रवाह हुने विजुलीको शक्तिभन्दा यो हजारौं गुणाले शक्तिशाली हुन्छ । बादलभित्र सामान्य अवस्थामा जब उथलपुथल हुन्छ चट्याङ पर्छ । जमिन र पानी जोडिएको स्थानमा यसको प्रभाव बढी हुन्छ । भूकम्पपछिको दोस्रो खताराको अवस्था हो यो । नेपालको सबै क्षेत्रमा यसको सम्भावना छ, बढी जोखिम भने दक्षिणी क्षेत्र हो । घटना प्रायः तातो जमिन हुँदा, वायुमण्डल असन्तुलित बन्दा यस्तो हुने गर्छ । तल्लो सतहको वायु तातेर माथिको चिसो वायुमा पुगेको अवस्था जसलाई अस्थिर वातावरण भनिन्छ, मेघ गर्जन हुन्छ र चट्याङ पर्छ । अध्ययनले भनेको छ जमिनमा १ डिसे तापमान वृद्धि हुँदा १२ प्रतिशतले चट्याङको जोखिम बढ्छ ।
अप्रिलदेखि जुन महिनासम्म हाम्रो प्रि मनसुनको समय हो, यसै बेला यसको गति बढेको तथ्यांक छ । यसपालि हिउँदमा वर्षा भएन, मार्चदेखि नै चट्याङको घटना सुरु हुने गरेको छ । संसारमै उच्च जोखिममा छ हाम्रो देश । विपद् न्यूनीकरण प्राधिकरणको तथ्यांकमा गएको मार्चदेखि ११ महिनामा २३६ घटना घटेका, यसै अवधिमा ८० जनाको मृत्यु भएको २०२ जना घाइते भएका, ३५३ घर परिवार प्रभावित भएका र समग्रमा भन्नु पर्दा विगत १ दशकमा बर्सेनि १ सय जनाको औसत ज्यान गएको अभिलेख छ चट्याङबाटै । यति सानो भूगोल बोकेको देशमा यो परिवेश असामान्य हो ।
बादलभित्र सामान्य अवस्थामा जब उथलपुथल हुन्छ चट्याङ पर्छ । जमिन र पानी जोडिएको स्थानमा यसको प्रभाव बढी हुन्छ
हामीकहाँ मध्य तथा दक्षिणपूर्वी भागको १५ किमि दूरीमा हरेक वर्ष १ सय बढी चट्याङका घटनाहरू घट्ने गरेका छन् मे महिनामा सहरी क्षेत्र र जुनतिर दक्षिणी तराई भेगमा बढी छन् यस्ता घटनाहरू । जलवायु परिवर्तनलाई पनि यी घटनाहरूसँग जोडेर हेर्न थालिएको छ । महाभारत क्षेत्र, पहाडी अन्य क्षेत्रमा पनि कम छैन यसको प्रभाव । सन् २०१७ मा चट्याङ डिटेक्सन सेन्टर ९ स्थानमा भनौं पूर्वको विराटनगर, तुम्लिङटार, काठमाडौं, दक्षिण सिमरा, पश्चिम भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा पूर्व सावधानीका स्टेसन राखियो तर डेढ वर्ष पनि राम्ररी चलेन, दक्ष जनशक्तिको अभाव, औजारको मर्मतसंभारको कमी, पर्याप्त बजेटको अभाव धेरै स्टेसनहरू अहिले बन्द छन्, चल्दैनन् ।
हामी कहाँ घर बाहिर काम गर्ने धेरै पुरुषहरू नै हुन्छन् र घटनामा पर्नेहरूको संख्या तिनकै बढी भनौं ५०ः८ प्रतिशत र महिला प्रभावित अंक ३५ः३५ प्रतिशतको छ, गृहको यो तथ्यांकमा बाँकी यकिन छैन । आकस्मिक उपचारमा हामी धेरै पछाडि नै छौं, मृत्युको मुखमा पुग्नुको विकल्प छैन, यो अवस्था प्रायः सबै विकासोन्मुख देशहरूको यथार्थ हो । सन् २०११ देखि २०२२ सम्मको अभिलेख हेर्दा नेपालमा १ हजार १३५ जना चट्याङबाटै मरेको अवस्था छ । यो अवधिमा २ हजार ६६१ घटना भएकोमा १५२ ठूला संरचना ध्वस्त भएका र २ हजार ७ सय ७४ पशुधनको नोक्सानी भनौं ८ करोड ८० लााख बराबरको धन नोक्सान भएको अभिलेख छ ।
सालबसाली अभिलेख हेर्दा २०६९ सालमा १ सय ९६ यस्तो घटनामा १ सय ३१ जनाको मृत्यु, २०७० सालमा १ सय ८३ घटनामा १ सय ११ जनाको, २०७१ सालमा २ सय ९ घटनामा १ सय २६ को, २०७२ सालमा १ सय ११ घटनामा ८३ को, २०७३ सालमा २ सय २७ घटनामा १ सय १४ को, २०७४ सालमा २ सय १६ घटनामा १ सय ५ को, २०७५ सालमा २ सय ९ घटनामा ६८ को, २०७६ सालमा ३ सय ५८ घटनामा ८८ को, २०७७ सालमा २ सय ४७ घटनामा ६० को र २०७८ सालमा २ सय ३ घटनामा ५६ जनाको मृत्यु भएको अभिलेख छ । विगत १० वर्षमा ९ सय ५२ जनाले आप्mनो जीवन सकेका छन् र घाइतेको अभिलेख २ हजार २ सय ७५ जनाको छ, चट्याङकै कारण । औसत सय जनाले जीवन गुमाउने गरेका छन् हामी कहाँ चट्याङबाट ।
किन हुन्छ, कसरी बच्ने ?
अभिलेखअननुसार बंगालको खाडी नजिक पर्ने भूभागमा यो बढी हुने गरेको छ भनौं देशको पूर्वी भाग मकवानपुर, उदयपुर, झापा, तराईका भूभाग, चुरे क्षेत्रको दूरी वायुमण्डलसँग नजिक छ । अभिलेखअनुसार मकवानपुरमै ६७ जना, झापामा ७३ जना, उदयपुरमा ३९ जनाको मृत्यु भएको देखिन्छ । चट्याङ २ प्रकारले हुन्छ बादलभित्र र जमिनमा । बादलभित्र गर्जिने चट्याङले विद्युतीय उपकरण र सञ्चार आदानप्रदानमा अवरोध ल्याउँछ, जमिनमा पर्नेले भौतिक र मानवीय क्षति गरिदिन्छ । पछि बनेका आधुनिक भवनहरूमा अर्थिँङ गरिएको हुन्छ तर सबैतिर प्रभावकारी अर्थिँङ नहुँदा यसबाट बच्न सकेको अवस्था छैन, चट्याङ प्रतिरोधी घरहरू बन्न सकेका छैनन्, खुला आकाशमुनि काम गर्नेको सुरक्षा हुने कुरै भएन । अर्थिँङ नभएमा घरको छानामा रड राखेर त्यसलाई तामा बाग्याल्भोनाइज्ड आल्मोनियमको पाता वा रडमार्पmत् जमिनमुिन पु¥याएर राख्दा पनि चट्याङको मारबाट केही हदसम्म बच्न सकिन्छ ।
बादल गड्याङ्गुडुङ् गर्दा घरभित्रका विद्युतीय उपकरणहरू बन्द गर्ने, घर बाहिर नजाने, ढोका भ्mयाल बन्द गर्ने, खुला नबस्ने, समूहमा नरहने, पल्टिएर नबस्ने, वा भित्तासँग स्पर्श नगर्ने, विद्युतीय प्रयोग भएका तारहरू टुटाउने, धातुका तार नजिक नबस्ने अग्लो, एक्लो रुखको मुनि नरहने गर्दा पनि यसको खतरा कम हुन सक्छ । अहिलेको समय भनेको प्रि मौसमको समय हो । यति बेला हावाहुरी, आगलागी, चट्याङको समस्या धेरै हुने गर्छ । साँच्चै भन्नुपर्दा देशको विपत्ति भनेको पहिलो श्रेणीमा पर्छ, आगलागीको घटना र दोस्रोमा पर्छ चट्याङको घटना । चट्याङकै कारण लाखौं धनमाल नोक्सान भएको विपत् न्यूनीकरण प्राधिकरणको भनाइ छ । चैत वैशाखमा किसानहरू प्रायः मकै बारीको काम, चैते धानका कारण खेतबारीतिरै रहन्छन् । यस्ता विपत्तिमा पर्ने पनि तिनै हुन्छन् । पूर्वानुमान प्रणालीमा हामी कमजोर छौं र त अधिकांशले आपूm जोगिन आकाशको कालो बादल या मेघ गर्जन या अन्य कुनै प्राकृतिक इशारा बुभ्mनुपर्ने बाध्यता छ ।
विकास भनेको सहरीकरण मात्रै होइन, मानवीय सहजीकरण पनि हो । राजधानीका सडक र अव्यवस्थित बसोबास हेर्दा देशका प्राविधिक योजना शून्य प्रायः छ । बस्ती सुरक्षित छैन
सुख्खा मौसममा आगलागी, डँडेलो, चट्याङ आदि विपत्ति बढी हुने गर्छ, पहाडी जनजीवन जंगलका कारण चट्याङको सम्भावना बढ्ने र यसकै कारण बढी आगलागी हुने गरेको अनुभव ताजै छ । तराईमा गर्मी धेरै हुने, घरहरू फुसका, खरका छाना हुन्छन्, खाना पकाइसकेपछि सामान्य लापरबाहीले ठूलो आगलागीमा परी ज्यान जोखिममा परेका घटना धेरै छन् । साथै हाम्रो पाँचथर, ताप्लेजुङ, भोजपुर, इलाम आदि पनि छन् । विपतको खतरा सूचीमा संघीय राजधानी पनि हो । हिउँदमा पानी कम पर्नाले, झाडी, बन, बुटेन, पतझर सुक्नाले आगलागीका घटना बढी हने गर्छन् । मौसम पूर्वानुमानभैंm चट्याङको पूर्वानुमा नगर्न सकिने प्रविधि जडान गर्ने सरकारी भनाइ हो र पनि प्राकृतिक र मानवनिर्मित मानौं सधैं आइरहने विपत्ति सहिरहनु नेपालीको नियति नै भएको छ । चट्याङकै कारण बर्सेनि हामी कहाँ सय औसतमा मानिसको ज्यान जाने गरेको यथार्थ छ ।
सत्ताको अंक गणित, जोड घटाउ र दलहरू तानातानको अवस्थामा देखिएका छन् । एकजुट भई राष्ट्रिय एजेन्डामा जान सकेका छैनन् । हामीसँग विश्वव्यापी जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनको दक्षता सीप र क्षमता छैन । बर्सेनि भूक्षय, बाढी, पहिरोले उर्वर मलिलो माटो बगेर खेर गएको छ भने पानीको धनी देश भएर पनि त्यसको उपयोग गर्न सकिएको छैन, पानीको प्रयोगका लागि अर्काको मुख ताक्नु परेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि असह्य छ देशमा । आगलागी र चट्याङ मात्रै होइन, शीतलहर र हिमपात तालतलैयाको विस्फोटको सम्भावनाले पनि देशलाई आक्रान्त बनाएकै छ । कोरोनाको महामारीको बिगबिगी छ तर मुलुकको मौसम अवस्थाले सधंै सबै ठाउँमा राहत र आपत् उद्धारका कार्यलाई तीव्र बनाउन सक्ने अवस्था छैन ।
मुलुकमा विपद्का कारण हुने असर र प्रभावको वैज्ञानिक अनुसन्धान हुन जरुरी छ । त्यसका लागि क्षेत्रगत विकास योजना सञ्चालन गर्न जरुरी छ । भौतिक विकासको स्वरूप तय गर्दा पछि पर्न सक्ने वातावरणीय असर, सम्भावना, चुनौती सबै अध्ययन र अनुसन्धान गर्न जरुरी छ । बजेट तान्ने पवृत्ति, विकासको नाममा जथाभाबी डोजर आतंक गरिनु हुन्न । विकास भनेको सहरीकरण मात्रै होइन, मानवीय सहजीकरण पनि हो । राजधानीका सडक र अव्यवस्थित बसोबास हेर्दा देशका प्राविधिक योजना शून्य प्रायः छ । बस्ती सुरक्षित छैन । दमकल, पानीको गाडी नपुग्ने टोलबस्ती राजधानीमा धेरै छन् । जताततै राजनीतिकरण छ । निमुखाले सहारा पाएनन् । विकासको ठुलै नारा दिने दलले चुनाबी एजेन्डा मात्र बाँडेका छन् ।