आवश्यकता नै आविष्कारको जननी हो । जहाँ आवश्यकता हुन्छ त्यहाँ आवश्यकता पूर्ति गर्नका लागि मानव मस्तिष्क घोत्लिन्छन् । मस्तिष्कमा चिन्तन र खोजको अन्तरसंघर्ष सुरु हुन्छ । अनि नयाँ आविष्कारको जन्म हुन्छ । विश्वजगत्को विकासक्रमलाई हेर्दा ढुंगे युगदेखि आजको मिसाइल र कम्युटरको युगसम्म आइपुग्दा मानिसले समयअनुरूपका आवश्यकता परिपूर्ति गर्दै आएको छ । नयाँ नयाँ आविष्कार गर्दै आएको छ । विज्ञान र प्रविधिको विकासले आश्चर्य चकित आविष्कार निर्माण भएका छन् । यी आविष्कार आजका विकसित राष्ट्रहरूले गरेका हुन् । अझै गर्दै छन् ।
विकसित देशले आविष्कार गरेका हातहतियार, क्षेप्यास्त्र, रकेट, कम्प्युटर, रोबोटलगायतका आश्चर्यजनक उपकरणको जननी शिक्षा हो । अझै प्रस्टरूपमा भन्नुपर्दा औपचारिक शिक्षा । वैज्ञानिक शिक्षा । सिर्जनशील शिक्षा । तर, हाम्रो देशको सन्दर्भमा भने औपचरिक शिक्षा र आविष्कारको बीचमा कुनै सम्बन्ध देखिँदैन । नेपालले कुनै वैज्ञानिक प्रविधि र यन्त्रको विकास गर्न सकेको छैन । बरु हाम्रा अशिक्षित भनिएका पुर्खाहरूले धेरै उपकरणको आविष्कार गरे, नवनिर्माण गरे । समयअनुकूल जिउने कला सिके । आवश्यकताको परिपूर्ति गरे । यस अर्थमा हाम्रा पुर्खाहरू अनुसन्धानकर्ता हुन् । निर्माण कर्ता हुन् । जीवन बाँच्ने कला सिकेका कालीगढहरू हुन् ।
हो, हाम्रापुर्खाहरू विद्यालय जान पाएनन् । विश्वविद्यालयको नाम पनि सुन्न पाएनन् । तर, उनीहरूले कृषि, पशुपालन, व्यापार, घर गृहस्थीलगायतका क्षेत्रमा आवश्यक पर्ने उपकरणको आविष्कार गरे । वस्तुहरू निर्माण गरे । यसो गर्दा आपूm बसेको गाउँठाउँ वरिपरि पाइने प्राकृतिक स्रोत र साधनको उपयोग गरे । अथवा ढुंगा माटोे, पानी र काठको प्रयोग गरे । यिनीहरूकोे प्रयोग गरी घरहरू बनाए । पशुहरू राख्ने गोठहरू निर्माण गरे । खर र छ्वालीको प्रयोग गरी छानाबाट पानी नचुहिने तरिका पत्ता लगाए । काठहरूबाट भ्mयाल, ढोका, थामवलो, खाँबोलगायकका आवश्यक उपकरणहरू बनाए ।
हाम्रापुर्खाहरू विद्यालय जान पाएनन् । विश्वविद्यालयको नाम पनि सुन्न पाएनन् । तर, उनीहरूले कृषि, पशुपालन, व्यापार, घर गृहस्थीलगायतका क्षेत्रमा आवश्यक पर्ने उपकरणको आविष्कार गरे
कृषि र पशुपालनका लागि आवश्यक सामग्रीहरूको निर्माण गर्दा वनजंगलमा पाइने कच्चापदार्थको उपयोग विकल्प थिएन । पशुहरूलाई अधिनमा राख्न दाम्लाहरू बनाए । यसो गर्दा वनजंगलमा पाइने वनस्पतिका बोक्रा वा रेसाहरू प्रयोग गरे । पशुबाट दूध र मासुजन्य पदार्थ उपयोग गरे । गाई, भंैसीबाट दूध दुहनका लागि काठको भाँडो बनाए । दूध तताउनका लागि माटोबाट भाँडाहरू निर्माण गरे । दूधबाट दही बनाउन काठका ठेकीहरू बनाए । दहीबाट नौनी निकाल्ने विधि पनि पत्ता लगाए । दहीलाई मथेर नौनी निकाल्न मदानी बनाए । मदानी अड्याउने तरी, नेती आदिको निर्माण गरे । यति मात्र होइन नौनी संकलन गर्ने काठको भाँडोलाई हर्पे भने । पशुहरूबाट उत्पादन हुने दूधबाट दही, मही, नौनी र घिउ उत्पादन गर्ने विधिका लागि विश्वविद्यालयको खाँचो महसुस गरेनन् ।
पुर्खाहरूले जमिनलाई खन्ने, जोत्ने, सम्याउने बाहिल्याउने र उत्पादन गर्ने तौरतरिकाहरू सिके । उल्लेखित तरिकाहरूलाई आवश्यक पर्ने उपकरणहरू पनि निर्माण गरे । काठबाट नै हलो बनाए । हलोलाई पूर्ण रूप दिने अन्य सहायक सामग्रीहरू हरिस, जुवा, शैली, नारा, वर्री, अनौ, कर्वा, फालीलगायतको संरचनागत बनोटबाट जमिन जोत्ने प्रक्रिया मिलाइए । जमिन जोत्नका लागि गोरु र राँगाहरू प्रयोग गरे । माटाका डल्लाहरू फुटाल्नका लागि काठकै सामग्री बनाए । वर्षाको समयमा घामपानीबाट बँच्न रुखका पात, बाँसलगायतका वनस्पतिको प्रयोग गरी पानी पर्दा पनि शरीर नभिज्ने प्रविधिको विकास गरे । घुम बनाए । हलो, कुटो र कोलालीको प्रयोगबाट अन्न उत्पादन गर्ने मौलिक विधिका उपकरणहरू आविष्कार गरेर उपयोगमा ल्याए र पुस्तान्तरण गरे ।
अन्नबालीहरू उत्पादन भएपछि भण्डारण गर्ने तरिकाहरू पनि पुर्खाहरूले आ–आप्mनै तरिकाले सिके । अनाजमा भएको भुस प्mयाक्नका लागि हावाको सहयोग लिए । बाँस वा चोयाबाट नांलो बनाए । डोको, डालो, मान्द्रोलगायतका सामग्रीहरू बनाए । परालबाट गुन्द्री बनाए । माटो र पराल मिश्रण गरी माटाका ठूलाठूला अनाज राख्ने भकारी र धन्सारहरू बनाए । यति मात्र होइन, धानबाट चामल बनाउने ढिकीको आविष्कार गरे । यसका लागि काठको उपयोग गरे । मकै, कोदो, गहुँ आदि अनाजहरू च्याख्ला वा पिठो बनाउने जाँतोको आविष्कार गरे । जाँतो बनाउँदा ढुंगाको प्रयोग गरे । उल्लेखित लगायतका अनाजहरू कुट्ने, पिंध्ने कार्य गरिसके पछि खानमिल्ने र नमिल्ने भाग छुट्याउन नांलाको प्रयोग गरेर निफन्ने, केलाउनेलगायतको सीप र अभ्यास गरे । यसैगरी अन्नका परिकारहरू पकाउने उसिन्ने वा भिजाएर खाने भाँडाकुडाहरू निर्माण गरे । खोला, पनेंरो वा कुवाबाट पानी ल्याउनका लागि माटोबाट नै घैंटाहरू बनाए ।
विश्वजगत्को विकासक्रमलाई हेर्दा ढुंगे युगदेखि आजको मिसाइल र कम्युटरको युगसम्म आइपुग्दा मानिसले समयअनुरूपका आवश्यकता परिपूर्ति गर्दै आएको छ
वास्तवमा हाम्रा अपठित पुर्खाहरूले आजको पढेलेखेको पुस्ताले गर्न नसक्ने आविष्कारहरू गरे । तोरीबाट तेल निकाल्न काठ नै प्रयोग गरेर कोल बनाए । तोरीमा रहेको तेल पूर्णरूपले निकाल्ने तरिकाहरू लर्निङ वाई डुइिङ विधिबाट सिके । खाद्य पदार्थका कतिपय उत्पादनहरू पशुहरूलाई खुवाउने व्यवस्था गरे । विज्ञान र प्रविधिले फलाम, तामा, स्टिल, चरेस चाँदी, पितल, इन्जिनलगायतको आविष्कार हुनुभन्दा अगाडि नै हाम्रा पुर्खाहरूले जीवन चलाउने उपकरणको अविष्कार गरिसकेको पाइन्छ । यसरी हेर्दा हाम्रापूर्खाहरू अनुसन्धानकर्ता हुन् ।
पुर्खाहरूले कृषि र पशुपालन क्षेत्रका आवश्यक सामग्री वा उपकरणहरू मात्र निर्माण गरेनन् । उनीहरूले धार्मिक र सांस्कृतिक जीवन पद्घतिका विविध संस्कार, संस्कृति र अभ्यासको पनि विकास गरे । भगवानका कथा सुनाएर समाजलाई धार्मिक बनाए परोपकारी बनाए । अनुशासित बनाए । गाउँ ठाउँमा देवी देवताका मन्दिरहरू निर्माण गरी पूजाआरधना गर्ने संस्कार र संस्कृतिको विकास गरे । देवी, देवताहरूका दन्ते कथामार्फत समाजमा आध्यात्मिक चेतनाको विकास गरे । पाहुनालाई अतिथि देवो भव: भनेर मानव सेवा गरे । यात्रीलाई वास बस्न पाटीपौवाहरू निर्माण गरे । चौतारीहरू बनाए । पशु तथा चराचुरुंगीको पानी पिउने व्यवस्थाका लागि ठाउँठाउँमा पोखरीहरू खनेर वर्षामा आएको पानी संकलन गर्ने प्रबन्ध गरे । यसरी हेर्दा हाम्रापूर्खाहरू धर्म, संस्कार, संस्कृति र रीतिरिवाजका धरोहर हुन्, प्रणेता हुन् तथा आविष्कारक हुन् ।
समाजमा विभिन्न प्रकारका चाडवाडको सुरुवात, अभ्यास र पुस्तान्तरण गर्ने काममा पनि अग्रजको ठूलो योगदान छ । दशमीका दिन आप्mना बुवा, आमा, मान्यजन, तथा आफन्तजनबाट टीका जमरा थापी आशीर्वाद लिने चलन बसाए । गाउँ घरबाट टाढा टाढा गएका परिवारका सदस्यहरू घर फर्किने र भेटघाट गर्ने अवसरको सिर्जना गरे । तिहारमा दिदीबहिनी र दाजुभाइ भेटघाट गरी सप्तरंगी टीका लाउने चलन चलाए । आप्mना दिदीबहिनी, दाजुभाइका बीचमा सौहार्दपूर्ण व्यवहार, आपसी सद्भावका साथै जमघट हुने थिति बसाले । तीजमा पराइघर गएका चेलीबेटी वा दिदीबहिनीलाई आमाघर आएर मिठो मसिनो खाने, दुःखसुख गर्ने र नाचगान गरी रमाइलो गर्ने संस्कारको अभ्यास गरे । वर्षभरि आउने अन्य पर्वको पनि आ–आप्mनै महŒव र मनाउने तरिकाहरू अभ्यासमा ल्याए । पुस्तान्तरण गरे । यसरी समाज विज्ञानको दृष्टिकोणबाट हेर्दा हाम्रा पुर्खाहरू सोसियल साइन्टिस्ट हुन् । संस्कृतिका प्रवर्धक हुन् ।
पुर्खाहरूले छिमेक वा समाजमा दुःख सुखका बेला सहयोग र सहकार्य गर्ने चलन चलाए । उनीहरूले खेतीपातीको बेला मिलेर काम गर्ने अर्मपर्मको संस्कृति बसाए । छरछिमेकमा ऐंचोपैंचो चलाएर आपसमा अभावको गर्जो टार्ने चलन चलाए । जन्म, विवाह र मृत्युलगायत सामाजिक संस्कारको निर्माण गरे । छिमेकीलाई जिउँदाको जन्ती र मर्दाको मलामी भनी सुखदुःखको साथी बनाउने भावनात्मक सम्बन्धको विकास गरे । दुःख सुखमा जुट्ने र सहयोग गर्ने संस्कृति र अभ्यास गरे । यसैगरी वनजंगलमा रहेका वनस्पतिको पहिचान गरी कतिपय रुखलाई पशुहरूको डाले घाँसका रूपमा प्रयोग गरे । कतिपय बोटबिरुवालाई औषधिका रूपमा उपयोग गरे । कतिपय बोटविरुवामा फलेका फलहरू खाने चलन चलाए भने कतिका फूलहरू । यसैगरी कतिपय बिरुवाको स्टिम, जरावापातको उपयोग गरे । समाज र वनस्पतिका बीचमा अन्तरसम्बन्धको गहिरो नाता जोडे । यसरी हेर्दा हाम्रापर्खाहरू वनस्पतिशास्त्रका विज्ञ हुन् ।






