स्कटल्यान्डबाट बन्यो चलचित्र कैदीको पत्र

काठमाडौँ । दिवंगत स्रष्टा ईश्वर मानन्धरले लेखेको उपन्यास कैदीको पत्र अब चलचित्रमा देख्न पाइने भएको छ । बेलायतको स्टकल्यान्डमा सम्पूर्ण छायांकन गरेर चलचित्र कैदीको पत्र निर्माण गरिएको छ । कलाकार सनमकुमार वैरागले यो चलचित्र निर्देशन गरेका हुन् ।

कैदीको पत्र आगामी १५ वैशाखबाट रिलिज गरिने भएको छ । निर्माण पक्षले बुधबार यो फिल्मको रिलिज मिति तोक्दै पहिलो गीत मेरो दिलको तालमा…को भिडियो सार्वजनिक गरेको छ ।

यो गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर रहेको छ । सनमकुमार वैरागको शब्द रचना तथा सुरेश सेन्चुरीले संगीत दिएका छन् । यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार कुनाल विश्व र ब्रिटिस अभिनेत्री म्याडिसन लाजारसको अभिनय रहेको छ । भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । यस गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका छन् ।

यसमा कुनाल र म्याडिसनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठलगायतका नेपाली तथा ब्रिटिस कलाकारको अभिनय छ । दिल घले, नानी वैराग, कैलाश विश्वकर्मा र हिराल जोशी चलचित्रका निर्माता हुन् । यस चलचित्रका डीओपी रामेश्वर कार्की हुन् भने अर्जुन जिसीले सम्पादन र ब्रिटिस कलरिस्ट यासिन एन’चौबीले कलर ग्रेडिङ गरेका छन् ।

यो फिल्म’bout निर्देशक सनम कुमारले भने, ‘प्रेम र रोमाञ्सको कथामा बनेको यो चलचित्रमा आफ्नो जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले बेहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइ देख्न पाइनेछ । यो चलचित्रको सम्पूर्ण छायांकन स्कटल्यान्डमा भएकाले यहाँका सुन्दरतालाई चलचित्रमा समेटिएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

epaper

ताजा समाचार

लघुकथा पुरस्कार डा. टीकाराम पोखरेललाई