नारामै सीमित नहोस् सदस्यता शुद्धीकरण

नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसरमा लुम्बिनीमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ सुरु भएको छ । स्थापना दिवसका अवसरमा देशभरका शाखाले विभिन्न कार्यक्रम गरेर दिवस मनाउने विगतको परम्पराभन्दा केही फरक शैलीमा प्रस्तुत भएको छ, महासंघ । पहिलोपटक केन्द्रकै संलग्नतामा मोफसलमा मिडिया सम्मेलन गरेको महासंघले सदस्यता शुद्धीकरणलाई प्राथमितामा राखेको छ । सञ्चारकर्मीले भोग्दै आएका समस्या, मुलुकमा देखिएको आर्थिक संकटले मिडिया बजारमा पारेको प्रभावलगायतका विषयमा पनि छलफल हुनेछ । श्रमजीवी पत्रकारको विषय त महासंघको स्थायी एजेन्डा नै हो । यसलाई महासंघले जहिल्यै पहिलो प्राथमिकतामा राख्ने गरेकै छ ।

जहाँसम्म सदस्यता शुद्धीकरणको सवाल छ । फेरि पनि यो विषय बैठकमा उठ्ने, छलफल हुने र औपचारिकतामै सीमित हुने पो हो कि ? भन्ने चिन्ता आमरूपमा छ । पछिल्ला केही वर्षदेखि महासंघका सदस्यको सदस्यता शुद्धीकरणको विषय बडो जोडतोडले उठ्ने गरेको छ । हरेक उम्मेदवारले उम्मेदवार हुनुअघि नै सदस्यता शुद्धीकरणलाई पहिलो प्राथमिकतामा राख्छन्, निर्वाचित भइसकेपछि पनि पटक–पटक बैठकमा कुरा उठाउँछन् तर फेरि अर्को चुनाव आउँछ महासंघको परिभाषानुसार सदस्य हुन ‘अयोग्य’ कतिपय व्यक्ति मतदाताका रूपमा चुनिन्छन् । पत्रकारितामा असंलग्न व्यक्तिहरू पनि कतिपय कारणले महासंघको सदस्य हुन पुगेको जगजाहेरै छ । पत्रकारितामा संलग्न नरहेका सीमित व्यक्तिका कारण आमश्रमजीवी सञ्चारकर्मीमाथि स्थायी अभियोग पनि लाग्ने गरेको छ ।

गैरपत्रकारलाई सदस्यता दिन हुन्न भन्नेमा वर्तमान कार्यसमितिमा विमति छैन । शाखा र प्रदेशका सदस्य एवं कार्यसमितिले पनि गैरलाई पत्रकार बनाउनुपर्छ भनेर कतै आवाज उठाएको सुनिँदैन तर पनि केही गैरपत्रकार सदस्य हुँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

ह्यारी–मेघनको शाही हैसियत यथावत्