नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता (टिफा) गरिसकेको छ । यस सम्झौतापछि दुई देशबीच, स्वतन्त्र व्यापारतर्फ भविष्यमा उन्मुख भएको छ । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता अर्थात् टिफा परिषद्को पाँचौं बैठक २०७७ मंसिरमा भएको थियो । यस बैठकमा आठ विषयमा छलफल भएका थिए । यी विषयमा भन्सार मूल्यांकन, टीए, आईपी, बजार पहुँच, टीबीटी, श्रमिक, नेपालमा लगानी तथा विश्वमा नेपाली उद्योगको अवस्था र लगानी नीति थिए ।
नेपालको हितमा हँुदै गरिएका विषयले नेपालको व्यापार तथा वाणिज्य स्थिति’bout छलफल भई नेपाली उद्योगलाई विश्व बजारमा पु¥याउने उद्देश्य रहँदै आएको छ । चौथो टिफा बैठकमा उठाइएका विषय कार्यान्वयन गर्ने सम्बन्धमा पनि पाँचौं बैठकमा छलफल भएको थियो । चौथो बैठकमा नेपालले अमेरिकी सरकारबाट शून्य भन्सार सुविधा प्राप्त गरेका ७७ वटा वस्तुको निकासी प्रवद्र्धन, बाह्यस्तरमा मान्यताप्राप्त प्रयोगशाला, बौद्धिक सम्पत्ति संरक्षण तथा कर्मचारीको क्षमता विकासमा अमेरिकी सहयोग कार्यान्वयनकोे विषयमा पनि छलफल हुँदै आएको छ ।
अमेरिकाको सन् २०१५ को व्यापार सहजीकरण तथा कार्यान्वयन ऐनले नयाँ देश केन्द्रित ग्राह्यता कार्यक्रम स्थापित गरी हार्माेनाइज्ड ट्यारिफ सेडुअलअन्तर्गतका ७७ वस्तुद्वारा समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको थियो, जसमा हस्तकला, सल, भ्रमणसामग्रीलगायत वस्तु रहेका छन् ।
पाँचौं टिफाकाृे बैठकअघिका बैठकमा नेसनल आईपी नीतिमार्फत नवीनतालाई पश्रय दिने नेपालको प्रयासलाई स्वागत गर्दै अमेरिकाले बौद्धिक सम्पत्ति अधिकारलाई अझ बढी संरक्षण गर्न कानुन बनाउने दिशामा नेपालको प्रयासलाई सहयोग गर्ने बताउँदै आएको देखिन्छ ।
टिफाको पूर्वप्रारूप
नेपालले १० चैत २०६६ सम्म पनि अमेरिकासँग बृहत् व्यापार तथा लगानी सम्झौता गर्ने तयारीका रूपमा पहिलो चरणको वार्ता गरेको थियो । यसअघि टिफा सम्झौता’bout द्विपक्षीय छलफल गर्न नेपालले दुईपटकसम्म तयारी गरेकामा दुवै पक्षको समय मिलेको थिएन र पछि सरेको थियो । २०६६ चैतमा यस’bout छलफल गर्न वाणिज्य सचिवको नेतृत्वमा एक टोली अमेरिका गएको थियो । पटक–पटक नेपाली सरकारी–निजी क्षेत्रका टोली अमेरिका जानुको मुख्य उद्देश्य अमेरिकासँग व्यापार तथा लगानी सम्झौता प्रक्रिया अगाडि बढाउनु थियो ।
पहिलोपटक व्यापार सम्झौता भएको ६३ वर्षपछि नेपाल र अमेरिकाबीच परिमार्जित स्वरूपमा लगानी र सेवा व्यापारको बृहत् खाका समेटेर सम्झौता गर्न धेरैपटक नेपाली टोली अमेरिका गएको थियो ।
सन् १९४७ अप्रिलमा दुई देशबीच पहिलो मैत्री एवं व्यापार सम्झौता भएको थियो । पहिलेको सम्झौताले वस्तु व्यापारको सामान्य विषय समेटेकामा पछिको समझौताले दुई देशबीचको वस्तु एवं सेवा व्यापारलगायत एकअर्का देशमा हुने लगानी र बौद्धिक सम्पत्तिको संरक्षणलाई सम्झौताले प्राथमिकता दिएको छ ।
जीएसपीभन्दा भिन्दै टिफा
नेपाली भ्रमण टोलीले हरेकपटक अमेरिका जाँदा अमेरिकी सरकारले कम विकसित देशलाई दिँदै आएको सामान्य ग्राह्यता प्रणाली वा जीएसपीको उपभोग र बौद्धिक सम्पत्ति संरक्षणको क्षेत्रमा अमेरिकाले नेपाललाई गर्नसक्ने सहयोगका ’boutमा अमेरिकी अधिकारीसँग वार्ता गर्ने विषय नेपाली जनमानसमा प्रकाशमा ल्याएको थियो । तर, वास्तविक रूपमा यस सम्झौताले अमेरिकाबाट नेपालले के पायो ? पक्कै नेपालले भविष्यमा खोजको सुविधा पाउनेछ ।
अमेरिकाले बौद्धिक सम्पत्ति अधिकारलाई अझ बढी संरक्षण गर्न कानुन बनाउने दिशामा नेपालको प्रयासलाई सहयोग गर्ने बताउँदै आएको देखिन्छ
यद्यपि, अमेरिकाले नेपाललाई अमेरिकी जीएसपी सुविधा उपभोग गर्न सुझाव दिँदै आएको थियो र दिँदै जानेछ । तर, अमेरिकाले दिँदै आएको सुविधामा ९५ प्रतिशत वस्तु नेपालमा उत्पादन नहुने बताइन्छ । नेपालले अमेरिकी जीएसपीअन्तर्गत नेपालले भन्सार सहुलियत प्राप्त गर्ने नेपाली उत्पादनको सूची बनाउन आवश्यक छ ।
अमेरिकाले ४ हजार ८ सय वस्तुलाई यस प्रणालीअन्तर्गत भन्सार सहुलियत प्रदान गरेको छ । तर, नेपालको वस्तु यसमा कति समेटिएको छ त ? नेपालबाट निकासी हुने वस्तुले अमेरिकी बजारमा प्रतिस्पर्धा गर्नसक्ने अवस्था त छैन । अमेरिकाले सन् २००८ पछि अल्पविकसित देशका ९७ वस्तुलाई सहुलियतपूर्ण प्रवेश दिने प्रतिबद्धता गरे पनि कार्यान्वयनमा आएको छैन ।
अमेरिकाले ४२ देशसँग यस्तो टिफा सम्झौता गरेको छ भने २० देशसँग स्वतन्त्र व्यापार सम्झौता गरिसकेको छ । नेपालले अमेरिकासँग गरेको टिफा समझौताको एक उद्देश्यमा नेपाली वस्तुलाई अमेरिकी जीएसपीभन्दा बढी सुविधा पाउन प्रयास गर्नु थियो र पछि पनि हुनेछ ।
नेपालमा उत्पादित तयारी पोसाकलाई अमेरिकी बजारमा भन्सारमुक्त प्रवेशका लागि पहल गर्ने त्यस सम्झौताको उद्देश्य थियो । नेपाललाई त्यस्तो सुविधा दिँदा निर्यात वृद्धि भइरहेका बंगलादेश र क्याम्बोडियाले संयुक्त रूपमा पेस गरेकाले ती देशले समेत पाउने भएकाले अमेरिका नेपालको त्यो मागप्रति सकारात्मक थिएन । सन् २००५ मा मल्टिफाइबर सम्झौता खारेज भएपछि पनि बंगलादेश र क्याम्बोडियामा उत्पादित तयारी पोसाकको अमेरिका निर्यात बढिरहेको थियो ।
अमेरिकामा तयारी पोसाकको भन्साररहित बजार पहुँच नेपालको प्राथमिकता रहँदै आएको छ । सन् २००१ देखि २०१० सम्ममा नेपाली तयारी पोसाकको अमेरिका निर्यात ९८ प्रतिशत घटेको थियो । सन् २०१३ आउँदा पनि अझ ह्वातै बढ्न सकेको छैन् । बहुपक्षीय व्यापारिक सम्झौता बजार पहँुचको सम्भावना कम हँुदै गएपछि द्विपक्षीय सम्झौतामार्फत सहुलियतको प्रयास भएको हो । विश्व व्यापार संगठनको मन्त्रीस्तरीय बैठक पनि औपचारिकतामै सीमित भएपछि द्विपक्षीय सम्झौताको महत्व थालेको हो । तर, नेपाली प्रतिनिधिमण्डलले अमेरिका गएर द्विपक्षीय सम्झौतामा अझै सहज बन्ने अवसर हुने बताएका छन् ।
टिफाका अग्रपथ
अमेरिकासँग गरिएको लगानी तथा व्यापार सम्झौता (टिफा) मा विश्व व्यापार संगठनमा भन्दा बढी प्रतिबद्धता गर्न नहुने बताएका थिए । वस्तु तथा सेवा व्यापार र लगानीको प्रारम्भिक सम्झौता गर्न टिफाका लागि पटक–पटक नेपाली टोली अमेरिका गएको थियो ।
भविष्यमा पनि नेपालले सम्झौता गर्ने उद्देश्य र सैद्धान्तिक आधार’bout सम्झौतामा जाने टोली प्रस्ट हुनुपर्छ । टिफाले द्विपक्षीय व्यापार सम्झौताका लागि बाटो खोल्ने बताइएको थियो । तर, सम्झौता गरेका बेलामा नै भन्साररहित सुविधा पाइहाल्ने भने होइन ।
नेपालले टिफा कार्यान्वयनसँगै दुई पक्षीय व्यापार सम्झौता गरी तयारी पोसाक, पस्मीनाजस्ता नेपालको प्रतिस्पर्धात्मक क्षमता भएका वस्तुको अमेरिका प्रवेशमा भन्सार दरबन्दीमा कम वा छुट पाउने प्रयास भइरहेको थियो र यद्यपि छँदै छ। बौद्धिक सम्पत्तिमाथिको अधिकार र कृषकको बीउबिजनसम्बन्धी अधिकारलाई अमेरिकाले कार्यान्वयन गर्न प्रस्ताव राख्नसक्छ । तर, यसमा नेपालले विश्वा व्यापार संगठनमा नेपालले केही नबोलेकाले यसमा नेपालले केही उल्लेख गरिनुहुन्न कि ? सेवा व्यापार र लगानीमा अमेरिकासँग प्रतिबद्धता गर्दा नेपालले विश्व व्यापार संगठनसँग गरेको प्रतिबद्धता सन्दर्भ गरिनुपर्छ । अमेरिकाले ४२ देशसँग टिफा सम्झौता गरेको छ । जसमध्ये १७ देशसँग द्विपक्षीय व्यापार सम्झौतासमेत गरिसकेको छ ।
टिफाका अघिल्ला बैठकमा नेपालले पाईरहेको भन्सार छुट सुविधाका उपयोगसम्बन्धी छलफल हुँदै आएको छ । १०–११ वर्षअघि अमेरिकाले निर्यातका लागि ७७ वस्तुमा भन्सार छुट दिएकामा यस्ता बैठकमा त्यसको समीक्षा र कार्यान्वनका लागि टिफाको पटकपटक बैठक बस्दै आएको छ । पहिलोदेखि पाँचौं टिफाको बैठकमा यस्तै समीक्षा हुँदै रहँदै आएको छ । तर, निर्यात कार्यान्वयनको अवस्था दयनीय छ ।
नेपालका तर्फबाट अन्तरनिकायबीच संस्थागत समन्वय गर्न नसक्दा एवं निर्यातमा दिइएका सुविधा कार्यान्वयन नहुँदा निर्यात बढ्न सकेको देखिँदैन
अमेरिकी भन्सार छुटमध्ये नेपालबाट झोला, सुटकेस, लगेज, ब्याग प्रयोजनका उत्पादन, सल, ब्लांकेट, विभिन्न रेशाका उत्पादन, शीरपोससम्बन्धी वस्तु निर्यात हुने गरेका छन् ।
सुविधाप्राप्त वस्तु निर्यात भएकामा ती वस्तुका निर्यात सीमित रहेको छ ।अघिल्ला वर्षभन्दा पछिल्ला वर्षको तुलनामा यी वस्तुका निर्यातमा निकै कमी आएको छ । हरेक वर्ष अमेरिकातर्फ यी वस्तुको निर्यात वृद्धिदर निकै कम छ ।
अमेरिकामा नेपालको कुल निर्यातमा यी ७७ वस्तुका अंश पनि क्रमशः खुम्चिने अवस्थामा छ । अमेरिकाका यी ७७ वटा वस्तु विश्व आयातमा भने सन्तोषजनक नै छ । अमेरिकाले नेपाललाई निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुका उत्पादन क्षमता बढाउन प्राविधिज्ञ सहयोग उपलब्ध हाल पनि गराउने भएको थियो ।
नेपाल र अमेरिकाबीच भएको टिफाको पाँचौं बैठकमा उत्पादन बढाउनका लागि अमेरिकाको प्राविधिज्ञ सहयोग गर्ने बताएको थियो । सन् २०१५ देखि २०२५ सम्म नेपाललाई दिएको ७७ वस्तुमा अमेरिकी व्यापार सहुलियत लाभको पूर्ण रूपमा उपयोग गर्नका लागि प्राविधिज्ञ सहयोग उपलब्ध गराउन अमेरिका सहमत भएको थियो ।
सरकारले प्रत्येक वर्ष बजेटमा आयात प्रतिस्थापन गरी निर्यात बढाउन घोषणा गरिएका निर्यातका लागि दिइएका छुटसमेत कार्यान्वयन गर्न सकिएको छैन । स्वदेशी उत्पादन बढाउनका लागि टिफामा पास भएका पनि कार्यान्वयनमा आउन सकेका छ्रैनन् । अमेरिकाले निर्यात बढाउन प्राविधिकमा सहयोग गर्ने भनिए पनि कार्यान्वयनमा आउन सकेको छ्रैन । नेपालका तर्फबाट अन्तरनिकायबीच संस्थागत समन्वय गर्न नसक्दा निर्यातमा दिइएका सुविधा कार्यान्वयनमा नआउँदा निर्यात बढ्न सकेको देखिँदैन । सम्झौता कार्यान्यनका लागि पाँच पटकसम्म पनि छलफल र समीक्षा जारी छ र आउँदा बैठकमा पनि जारी हुनेछ ।






