उपनिर्वाचनका लागि रास्वपाको यी हुन उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने तीन वटै क्षेत्रको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।

बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन–२, तनहुँ–१ र बारा–२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको मात्रै नाम रहेको छ । यस्तै, तनहुँ–१ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रूपक घिमिरे विश्वकर्माको नाम सार्वजनिक गरिएको छ भने बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको नाम समावेश छ ।

रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप