…अनि म सफल भएँ

मेरो प्राथमिक शिक्षा भारतको कालिम्पोङस्थित सेन्ट जोसेफ कन्भेन्टमा पूरा भयो । कोलोराडो विश्वविद्यालय, डेनभरबाट, इकनोमिक एण्ड इन्टरनेसनल बिजनेश ‘नाबालिगको साथ अन्तर्राष्ट्रिय व्यापार’ विषयमा स्नातक डिग्री गरेको छु । र, कोलोराडो स्टेट युनिभर्सिटीबाट एमबीए पूरा गरें । सानै उमेरदेखि भारतको बोर्डिङ स्कुलमा पढेको हुनाले जीवनको सुरुवाती दिनदेखि नै स्वतन्त्र भएर काम गर्ने अवसर मिल्यो । अमेरिकामा हाईस्कुलको पढाइ गर्दै गर्दा बाँच्नका लागि स्थानीय अमेरिकीका घरघर पुगेर समाचारपत्रको सदस्य बनाउँदै हिँडेको थिए“ । त्यसबाट प्राप्त सिमित रकमले आफ्नो खर्च चलाएँ ।

कलेजका दिन जीविकोपार्जनका लागि दुई ठाउँ ‘पार्टटाइम’ काम गरें । कागजात प्रतिलिपि र फाइल गर्ने विद्यार्थी सहायकका रूपमा काम गरें । एउटा कामले मलाई हालको पेशा छनोट गर्न प्रेरित ग-यो । अहिले गरिरहेको काममा मेरो १५ वर्ष लामो अनुभव छ । विद्यार्थी सहायकका रूपमा कागजात प्रतिलिपि र फाइलिङ गर्ने कामलाई निरन्तरता दिँदा मैले संयोजकको भूमिका मात्र होइन, प्रबन्धक हुँदै क्यालिफोर्नियाको मेमोरियल हेल्थ सर्भिस स्वास्थ्य प्रणालीमा अनुसन्धान प्रशासन विभागको निर्देशक भएर काम गर्ने मौका पनि पाएँ ।

तीन वर्ष अनुसन्धान विभागमा रहेर काम गरेको अनुभवले मलाई यो क्षेत्रमा थुप्रै अवसर प्रदान ग-यो । यसै क्रममा बोस्टन, म्यासाचुसेट्सको हार्वर्डसम्बद्ध संस्थामा ‘मास जनरल ब्रिघम’मा निर्देशक पदमा रहेर काम गर्ने अवसर प्राप्त भयो । जुन मेरो जीवनकै महŒवपूर्ण काम भएको छ । अहिले म ‘मास जनरल ब्रिघम’मा मानव अनुसन्धान कार्यालय निर्देशक छु । यस कार्यालयमा ४० कर्मचारी आबद्ध छन् । मेरा मातहत एचआरओको संस्थागत समीक्षा बोर्ड (आईआरबी) रहेको छ, जसको उद्देश्य अनुसन्धानमा सहभागीको अधिकार र कल्याण रक्षा गर्नु हो । आईआरबीले औपचारिक रूपमा मानवीय विषयवस्तुमा समावेश भएको अनुसन्धान समीक्षा र निगरानी गर्ने काम गर्छ ।

निर्देशकको हैसियतले मैले एचाआरओमा हुने गरेका सबै काम निरीक्षण र नेतृत्व गर्नुपर्ने हुन्छ । एचाआरओले यो पनि सुनिश्चित गर्दछ कि कार्यालयले लागू गरेको राज्य र संघीय नियम तथा संस्थागत नीति र प्रक्रिया अनुपालन ‘प्रभावकारी भएको छ कि छैन ?’ भन्ने अनुगमन गर्ने हो ।

एचाआरओले ‘मास जनरल ब्रिघम’ आइआरबीएसको सञ्चालनलाई पनि समर्थन गर्दछ । जसले एमजीबीको ब्रिघम र महिला अस्पताल तथा म्यासाचुसेट्स जनरल अस्पतालसहित १४ अस्पतालको एकीकृत स्वास्थ्य प्रणालीको समीक्षा र निरीक्षण गर्दछ । वास्तवमा यो मेरो ‘करिअर’को सबैभन्दा चुनौतीपूर्ण भूमिका हो । म पहिलेदेखि नै आफ्नो काममा दत्तचित्त भएर लाग्ने गर्दथें । त्यसैले यो अवस्थामा पुग्न सफल भएको हुँजस्तो लाग्छ ।

काममा हरेक दिन नयाँ चुनौती थपिने गर्दछन् । तर, यहाँ समस्या समाधान गर्न महान वैज्ञानिक, अनुसन्धानकर्ता र सहकर्मीसँग सहकार्य गर्ने अवसर प्राप्त हुँदा काम गर्न सहज भएको छ । यसले थप राम्रो काम गर्न प्रेरणा पनि प्रदान गरेको छ । आखिर नेतृत्व भनेको यही होला ? मैले दुई फरक स्वास्थ्य सेवा संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छु । यसले मलाई अनुभव पनि गराएको छ कि नेतृत्वदायी भूमिकामा पुग्न थुप्रै अध्ययन र अनुभव आवश्यक पर्ने गर्छ । विश्व प्रसिद्ध स्वास्थ्य प्रणालीका लागि ठूलो विभागको व्यवस्थापकीय क्षेत्रसँग जोडिन पाउनु मेरा लागि गर्वको विषय हो ।

आफूले गरेको काममा ‘अर्थ र उद्देश्य’ दुवै खोज्ने गर्छु । हाम्रा प्रयासद्वारा उपचार खोज्ने र ’roundका मानिस तथा संसारको जीवनशैलीमा सुधार गर्ने अनुसन्धान हामी अगाडि बढाउँछौं । नियोक्ताको पृष्ठभूमि ः ‘मास जनरल ब्रिघम’ चिकित्सा अनुसन्धान अमेरिकाको नम्बर १ स्वास्थ्य प्रणाली हो । यसलाई अमेरिकाको सबैभन्दा ठूलो अस्पताल प्रणाली पनि मानिएको छ । यसैका लागि भनेर सरकारले वार्षिक अनुसन्धानमा लगभग २ अर्ब डलर बजेट छुट्याइएको छ ।

प्रमुख चिकित्सा तथा प्रविधि विषयमा यहाँ हजारौं अध्ययन सञ्चालन भइरहेका छन् । हार्वर्ड मेडिकल स्कूलको थुप्रै शिक्षण अस्पतालमा राष्ट्रको अग्रणी बायोमेडिकल अनुसन्धान संस्था मध्ये ‘मास जनरल ब्रिघम’ पनि एक हो । अनुसन्धान अमेरिकी संस्कृतिको मुख्य आधार हो । सिक्ने, प्रश्न गर्ने, खोज र ज्ञान अगाडि बढाउनका लागि यो आवश्यक पनि छ । हाम्रा यी अस्पतालमा २ सय वर्षभन्दा लामो चिकित्सा र अग्रणी नवीन विज्ञानका सीमा स्थापित गर्ने इतिहास छ । हामीसँग चिकित्सा उपलब्धिको विरासतै छ । यहाँ १३ जना नोबेल पुरस्कार विजेता आबद्ध छन् ।

तपाइको प्रतिक्रिया
(Visited 657 times, 1 visits today)

epaper

ताजा समाचार

थलाराको शिक्षामा डिजिटल क्रान्ति