काठमाडौं । नेपालमा शिल्पकलाको आम्दानी राम्रो भएर पनि यसले शिक्षामा स्थान नपाएपछि शिल्पकला शिक्षाको महत्व’bout कलाकारहरुले आबाज उठाएका छन् ।
छायाँमा परेको शिल्पकला शिक्षालाई माथि उठाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागको शिल्पकला शिक्षाको ’bout प्रतिष्ठानमा सोमबार बहस गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा शिल्पसम्बन्धी विधा परापूर्वकालदेखि नै भएको बताएका छन् । तर यो छायाँमा परेकाले निकै राम्रो आम्दानी हुने शिल्पकलाले त्यति महत्व नपाएको उनले गुनासो गरे ।
शिल्प शिक्षासम्बन्धी विषयलाई सबैले सहज रुपमा लिनु पर्ने कुरमा सोही महासंघका उपाध्यक्ष नविन शाक्यले कार्यक्रममा जोड दिए । शिक्षामा एकरुपमा ल्याउन जरुरी भएको धारणा राख्दै विद्यालय तहबाटै यस विषयको शिक्षा अनिवार्य गरिनुपर्ने जरुरी रहेको उनले बताए ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्राउन सफल शिल्पकलालाई आफ्नो कार्यकालमा अझ उच्च बनाउने प्रतिवद्धता जनाए । रैथाने ज्ञानलाई प्रविधिसँग जोडेर अघि लगे त्यसले सकारात्मक परिणाम दिने पनि उनले बताए ।
शिल्प शिक्षाका सम्बन्धमा स्थानीय निकायहरुसँग जोडिएर पाठ्यक्रम बनाउन सकेमा अझ महत्वपूर्ण कार्य हुने भनाई प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले सो कार्यक्रममा राखे । यसका लागि प्रतिष्ठानले सकेसम्मको सहयोग गर्ने उनले जिकिर गरे ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले शताव्दीयौं देखि नेपाली शिल्पकला नेपालसँगै बिदेशमा पनि लोकप्रिय रहेको कुरामा जोड दिए । उनले शिल्पकला शिक्षालाई अझ प्राथमिकता दिनु पर्ने माग राखे ।
वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले क्राफ्ट एन्ड डिजाइनको विषय च्यालेन्जिङ पार्ट भएको बताउँदै सीप लोप हुनुको कारण आर्थिक पनि भएको बताए ।
कार्यक्रममा बोल्दै प्राज्ञसभा सदस्य प्रदीप शाक्यले शिल्प भनेको विज्ञानसँगको सौन्दर्यको मिश्रण भएको बताउँदै उहाँले सीप भएका कलाकार ओझेल नपरुन् र शिक्षित कलाकार पनि बढ्दै जानु पर्ने भनाई राखे । उनले शिल्पकलाको शिक्षालाई दीगो विकाससँग जोड्न जरुरी भएको बताए ।
नेपालमा कला, साहित्य, संस्कृतिको क्षेत्रमा सरकारले धेरै सहयोग गर्न नसकेको सो कार्यक्रममा काठमाडौं विश्वविद्यालयका एसोसियट डिन सुजन चित्रकारले बताए । काठमाडौं विश्वविद्यालयले अघि बढाएको ‘क्राफ्ट एन्ड डिजाइन’ विषय च्यालेन्जिङ भएता पनि नयाँ ठाउँमा नयाँ विषय ल्याउँदा कसरी हेरिन्छ भनेर हेर्न पनि खोजिएको उनले जानकारी गराए ।
यस्तै ज्वेलरी स्कुल नेपालका अध्यक्ष मोहन विश्वकर्माले नेपाल संसारभरीबाट मौलिक कला संस्कृति हेर्न आउने खुल्ला विश्वविद्यालय भएको बताउँदै घर–घर, बस्ती–बस्तीमा यससम्बन्धी शिक्षा राखियो भने महत्वपूर्ण हुन्छ भने ।
रत्न आभुषण महासंघका सदस्य रुद्रबहादुर बराइलीले पनि नेपाली शिल्पशिक्षालाई विगतदेखि नै सञ्चालन गरेको भए विदेश जानुपर्ने स्थिति नआउने भनाई सो कार्यक्रममा राखे । बिदेशमा नेपाली आभुषणको बजार’bout पनि उनले चर्चा गरे ।
कलाकार माणिकमान शाक्यले रैथाने सीपलाई पुस्तान्तरण गर्न जरुरी भएको बताउँदै भने, ‘हामी काम गर्छौँ, पैसा लिन्छौँ । तर काम गरेको प्रमाण हुँदैन् । शिल्प शिक्षाको काम अघि बढाइयो भने पुस्ता हस्तान्तरणको काम पनि अघि बढ्छ र कलाकारको पनि पहिचान हुन्छ ।’
यस क्षेत्रमा चुनौतीको पहाड भएको बताउँदै चित्रकला विभाग प्रमुख सञ्जय वान्तवाले शिल्पकला दिनहुँ मर्दै गरेको छ भने । यस क्षेत्रमा सरकारी पहलको खाँचो रहेको भन्दै उनले सरकारको हेराईप्रति टिप्पणीगरे ।
कार्यक्रममा उपकुलपति लालकाजी लामाले रैथाने कलालाई अझ कसरी सम्मानित गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको धारणा राखे ।






