ललितकला प्रज्ञा सभामा सही नीति निर्माणमा जोड

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४औं प्राज्ञ सभा सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री माननीय सुदन किराँतीले सो सभा उद्घाटन गर्दै रैथाने ज्ञान र सीपको महत्व अहिलेको समयमा झनै बढेको बताएका छन् ।

कार्यक्रममा मन्त्री किरातीले भने, ‘समाजमा रहेको मूल्यमान्यताको संरक्षण गर्न रैथाने विश्वविद्यालयको कुरा गरेको हो ।’ उनले मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा, नेल्सन मण्डेलाको उदाहरण दिँदै एक बारको जीवनमा सबैले सम्झिने गरी काम गनुपर्ने बताए,‘सबैले राम्रो काम गरौं । हामी अजम्बरी छैनौं । मान्छे कामले बाँच्ने हो ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पालीले कार्यक्रममा बोल्दै प्रतिष्ठानले नीति निर्माण गर्दा २२ सालको भन्दा ८० सालको कुराले निर्धारण गर्न आवश्यक भएको बताईन् ।

बाग्मती प्रदेशका सांसद सरल सहयात्रीले अब दिनमा प्रतिष्ठानले परम्परागत प्रतिष्ठान धान्ने मात्र काम गर्ने नभई गहिराइमा पुगेर दीर्घकालीन रूपमा प्रभाव पार्नेगरी काम गर्नुपर्ने सुझाव दिए ।

सो प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको क्षेत्रमा नीतिगत तथा संरचनागत तहमा प्रतिष्ठानले काम गर्ने बताए । आफ्नो कार्यकालमा धेरै काम गर्न उद्देश्य राखेर अघि बढेको जिकिर गर्दै त्यसको नतिजा पनि केही समय पछि देखिने दाबी उनले गरे ।

कार्यक्रममा सबैलाई स्वागत गर्दै सो प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्राज्ञ सभाले नयाँ नीतिसहितको कार्यक्रम पारित गर्ने बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले तीनवटै एकेडेमीले सहकार्य गर्दै अघि बढ्नुपर्ने बताइन् । उनले रंग सबैलाई चाहिने बताउँदै भनिन्, ‘डान्स, नाटकमा प्रयोग हुन्छ । सेट गर्दा मिक्स हुन्छ । लाइटलाई प्रयोग गर्दा जरुरी हुन्छ र लतिलकलासँग संगीत नाटकको आफ्नै सम्बन्ध रहेको छ ।’ उनले यसरी सबै एकेडेमी मिलेर काम गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले नेपालका रैथाने र परम्परागत कला तथा ज्ञानको संरक्षणमा ध्यान दिँदै त्यसलाई सूक्ष्म र बृहत् दुवैतवरले खोज, अनुसन्धानमा समेत ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

मूर्तिकार नरेन्द्र प्रसाद भण्डारीले लेखेको पुस्तक ‘समसामयिक नेपाली मूर्तिकला र मूर्तिकार’को सोही समारोहमा बिमोचन गरियो । कार्यक्रममा मूर्तिकार भण्डारीले भने, ‘मेरो पुस्तकले अनुसन्धानको क्रममा धेरै मूर्तिकारलाई समेटेको छ । नेपाली कलाको विकासका लागि हामीलाई जुन जिम्मेवारी दिइएको छ, त्यसमा हामीले मूलतः नीति निर्माणमा हस्ताक्षर मात्र गर्ने छैनौं ।’

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
गुल्मीदरवार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थापा निर्वाचित