एउटा जिउदो इतिहास

नोभेम्बर १९६५ । वाउ डिस्ट्रिक सेरिकेन गुनुङ टपाई, सारवाक । युद्धको समय न थियो । इन्डोनेसियन शैनिक क्याम्पनजिकै पुगेको ब्रिटिस सैनिक टोलीमाथि विशाल गोलावारी सुरु भयो । दुष्मनको प्रतिवाद गर्न ब्रिटिस गोर्खा सैनिक रामबहादुर बेघाले कमाण्डरको आदेशै नपर्खि गोली चलाए । घाइते सैनिक सहकर्मीको उद्धारमा खटिए ।

शत्रुका गोली र बमबारीले ढलेका साथीका लाश ओसारे । युवा उमेरका बेघाले जीवनको पर्वाह नराखि युद्ध कौशलता र बहादुरी देखाए । झन्डै ६ वर्षअघि आधा शताब्दीभन्दा पुरानो आफ्नो युद्ध कहानी सम्झिँदा भीसी रामबहादुर बेघा एकाएक भावुक बनेका थिए । पाँचथर याङ्वरक गाउँपालिका–१, च्याङ् थापुस्थित पेरुङ्गे गाउँमा आयोजित एक कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्ने क्रममा भीसी बेघाले भनेका थिए, ‘त्यतिबेला हामीले शत्रु पक्षका २४ सैनिक मारेका थियौं, आफू पनि मरिन्छ भन्ने नै लागेको थियो, बाँचिन्छ भन्ने त झिनो आशा पनि थिएन ।’ पेरुङ्गे त्यही गाउँ हो, जहाँ भीसी बेघा जन्मिहुर्केका थिए । त्यहाँ को धुलोमैलो र ढुंगा, माटोसँग खेल्दै बाल्यकालीन र किशोरकालीन जीवन व्यतित गरेका थिए । आफू जन्मेको माटोमाथि उभिएर अन्तिमपल्ट स्मरण गरेको त्यही युद्ध कौशलताले रामबहादुर बेघालाई बेलायतको सबैभन्दा ठूलो युद्ध पदक ‘भिक्टोरिया क्रस’ दिलाएको थियो ।

उनै बेघाको गत शनिबार (९ वैशाख) ८८ वर्षको उमेरमा निधन भयो । ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचार क्रममा बेघाको निधन भएको थियो । उनी लामो समयदेखि मिर्गौला र मुटुसम्बन्धी रोगबाट पीडित थिए । हालसम्म ‘भिक्टोरिया क्रस’ प्राप्त गर्ने नेपालीको संख्या धेरै छैन, १३ मात्र छन् । तिनै थोरै ‘भिक्टोरिया क्रस’मध्ये बेघा एक मात्र जीवित थिए । बेघाको निधनसँगै एउटा जिउँदो इतिहासको पनि अवशान भएको छ । २१ साउन १९९२ मा जन्मिएका बेघा इस्ट इन्डिया कम्पनीमार्फत १४ कात्तिक २०१४ मा ब्रिटिस सेनामा प्रवेश गरेका थिए । बेघा १२ जुलाई १९६६ मा बर्किङ्घ प्यालेस लन्डनमा बेलायती महारानी एलिजावेथ द्वितीयको हस्तबाहुलीबाट ‘भिक्टोरिया क्रस’ पदकले विभूषित भएका थिए । बेलायती सेनामा मात्र होइन, अन्यत्र पनि ‘ भिक्टोरिया क्रस’को ठूलो इज्जत छ ।

करीब दुई शताब्दी लामो ‘लाहुरे’ इतिहासमा यति ठूलो पदक पाउने एकदमै थोरै नेपालीमध्ये बेघा एक थिए । अब ‘भिक्टोरिया क्रस’ नेपाली भौतिक रूपमा कतै भेटिने छैनन् । उतिबेला गाउँमा गरिबी र अशिक्षा व्याप्त थियो । लाहुरेको कमाई र इज्जत दुबै थिए । परिवारको गरिबी धान्न २२ वर्षे लक्का जवानमा लाहुर भर्ती भएका थिए, बेघा । लेसनायक हुँदा ‘भिक्टोरिया क्रस’ पाएका बेघाले अनरेरी क्याप्टेन भएर २८ वर्षे लाहुरे जीवन पूरा गरे, सन् १०८५ मा । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ (१९८५, ३१औं संस्करण) र कक्षा–१० को सामाजिक शिक्षा अध्ययन किताबमा भीसी बेघा’bout उल्लेख छ । ऐतिहासिक व्यक्तित्व भीसी बेघाको निधनले ठूलो क्षति पुगेको महसुस भएको सामाजिक संस्था इक्मिसो पेखेइङ् बेघा थोबोजुमका महासचिव मंगल बेघा बताउँछन् ।

सो संस्थाले भीसी बेघाको जीवनी समेटिएको वृत्तचित्र बनाइरहेको छ । बेघाले आफ्नो जन्मथलोको विकासका लागि स्वास्थ्य, शिक्षा, बाटोघाटो, खानेपानी, मन्दिर, माङ्हीम, भवनलगायत क्षेत्रमा थुप्रै योगदान गरेका छन् । पछिल्लो समय झापा दमकमा स्थायी रूपमा बसोबास गर्दै आएका बेघाले त्यहाँ प्रतिष्ठान स्थापनासँगै जग्गादानसमे त गरे । बेघलाई थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले सम्मान गरेका छन् । उनको गत १७ वैशाख आइतबारका दिन झापा दमकमा अन्त्येष्टि गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?