‘म सेवा लिन होइन, सेवा गर्न आएको हुँ’

लण्डन । बेलायतका राजा चार्ल्स तृतीयले आफू सेवा लिन नभई देशको सेवा गर्न आएको बताएका छन् । आज बेलायतको ऐतिहासिक शाही गिर्जाघर वेस्टमिस्टर एबेमा राज्याभिषेक गर्न लागेका चार्ल्स तृतीयले यस्तो बताएका हुन् । उनले भने, ‘सेवा लिन होइन, सेवा गर्न आएको हुँ ।’

राज्याभिषेक समारोहमा सहभागी हुनका लागि विश्वभरबाट विशिष्ट अतिथिहरू वेस्टमिस्टर एबेमा भेला भएका छन् । यतिबेला राज्याभिषेक समारोह सुरु भएको छ । विशेष समारोहका बीच राजा चार्ल्सको राज्याभिषेक हुँदैछ ।

बेलायतमा यस किसिमको राज्याभिषेक ७० वर्षपछि हुन लागेको हो । लण्डनको मुख्य शहरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ भने केही राजतन्त्रविरोधी नेताहरुलाई पक्राउ गरिएको छ । राज्याभिषेकमा संसारभरका एक सय भन्दा बढी मुलुकका राष्ट्र प्रमुख सहभागी छन् । नेपालका परराष्ट्रमन्त्री नारायण प्रसाद साउद पनि कार्यक्रममा भएका छन् ।

समारोह हेर्न ठूलो संख्यामा मानिसहरुको भीड लागेको छ । राजा चार्ल्स तृतीय र महारानी केमिलाको राज्याभिषेक दुई घण्टा जति लामो हुने छ । यस समारोहमा २३ सय विशेष अतिथि प्रत्यक्ष सहभागी हुनेछन् ।

टेलिभिजनमा पनि करोडौँ दर्शकले कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्नेछन् । आफ्नो संस्मरण प्रकाशित भएयता पहिलो पटक युवराज ह्यारी र प्रिन्स अफ वेल्स युवराज विलियम सार्वजनिक समारोह सँगै देखिनेछन् । सन् १९५३ मा भएको महारानी एलिजावेथको राज्याभिषेकमा ८ हजार अतिथि सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?