स्क्रिनमा देखिने सुन्दरताजस्तो छैन पत्रकारिता

समाजले पत्रकारलाई दिएको मान्यता, सामाजिक भूमिका र छवि देखेर पत्रकारिता पढेपछि मेरो दिलदिमाग पत्रकारिता कर्ममा मोडियो । सम्पादक तहको शैक्षिक योग्यता, विषयगत ज्ञान र काम गर्ने हुटहुटि बोकेर टेलिभिजन पत्रकारितामा छिरें । स्क्रिनमा देखिने सुन्दरता र शानदार प्रस्तुतिले ‘करिअर’ बन्नेमा आशावादी म अहिले क्रमशः पत्रकारिताबाट निराश हुनुपर्ने अथवा पेशामा असुरक्षित भविष्य देख्न थालेकी छु । मैले सुनेका र पढेका यस्ता कहानी त कति छन्, कति । मेरै भोगाइले मलाई समाचार कक्षमा असुरक्षित महसुस गराइरहेको छ ।

रातिको १० बजेको समय पनि सम्पादकले गाडी चढ्न नदिएपछि चप्पल कारखानाबाट एक्लै खोलाको बाटो वर्षायाममा रुझ्दै हिँडेको पल मेरा मानसपटलमा घुमिरहेको छ । यतिमात्रै कहाँ हो र ? म असुरक्षित भएर लिखित रूपमै संस्थासँग न्याय माग्दा त्यहीँ कार्यरत महिलाबाटै झन् पीडित भएकी छु ।

निर्वाचनमा खटिएर फर्किंदा राति घरबेटीले घरको गेट नखोलेका याद पनि ताजै छन् । त्यस्तो अवस्थामा पनि सम्पादकको टर्चर, संस्थाको लापरवाहीले ममाथि भएका पटकपटकका दुव्र्यवहार सम्झि“दा जिउ सिरिङ्ग हुन्छ । यी र यस्ता घटना सुन्न, पढ्नलाई सामान्य लाग्लान्, तर कार्यक्षेत्रमा खटिएका महिलाको मस्तिष्कमा कस्तो असर पर्ला ? सञ्चार क्षेत्रमा महिलामाथि पटकपटक यस्ता दुव्र्यवहारका घटना भइरहँदा पनि किन बोल्न चाह“दैनन् ? यो पनि एउटा खोजीको विषय नै बन्न सक्छ । समाजको ऐना बनेका हामी, समाज पछि पारिएका महिलाका आवाज बोल्ने हामी, आज आफ्नै आवाज दबाएर हिँड्नुपर्ने बाध्यतामा पुगेका छौं ।

सुरुसुरुमा विभिन्न सञ्चारमाध्यममा आउने पत्रकार महिलामाथि भएका दुव्र्यवहारका समाचार सुन्दा वा पढ्दा त्यस्तो पनि हुन्छ र ? भनेर अविश्वास व्यक्त गर्ने म समाचार कक्षमा काम गर्दागर्दै कतिपय घटना भोगेकी छु, कतिका साक्षी बनिसकेकी छु । यसरी एकातिर समाचार कक्षमा आफूभन्दा सिनियर र सहकर्मी पुरुषले गर्ने निकृष्ट व्यवहार, अर्कातिर मिडिया मालिक वा व्यवस्थापकले श्रमको मूल्य नदिँदाको पीडा व्यक्त गर्न शब्दका सीमा नहुने रहेछन् ।

पत्रकारिताका दौरान समाचार कक्षका पुरुष सम्पादक, व्यवस्थापक र मिडिया मालिकको हेर्ने दृष्टिकोण, गर्ने व्यवहार र दिने सेवा सुविधा मज्जाले विश्लेषण गर्ने र बुझ्ने भएकी छु । पत्रकारितामा लागेर कतिपय आफ्नै भोगाइ र विभिन्न अध्ययनका निष्कर्षले समाचार कक्षमा पत्रकार महिला वा कर्मचारी सुरक्षित छैनन् भन्ने मेरो ठम्याइ छ । र, हरेक दिन वैकल्पिक पेशा र सुरक्षा विषय मेरा मानसपटलमा घुम्न थालेको छ ।

हिंसा र दुव्र्यवहारका शृंखला
पत्रकार महिलामाथि फिल्डमा जाँदा हुने असुरक्षा जोखिम ल्याउन त हाम्रो समाजले निर्धारण गरेको मान्यताले धेरै काम गरेको छ । बाहिर हि“ड्ने महिला भनेर कुरा काट्नेदेखि कुदृष्टि लाउने त सधैं हुने गरेकै थिए । अर्कातिर ‘इन हाउस’ अर्थात् समाचार कक्षमा काम गर्दा झन् बढी असुरक्षा, तनाव, कामको उल्झन र दुव्र्यवहार भोग्नुपर्ने त कति हो कति ? यस्ता घटनाका कतिपय टिभीमा काम गर्दा म आफैं साक्षी छु ।

हालसालै सार्वजनिक झापाको घटनाले पनि यही कुरा पुष्टि गर्छ । यस्ता सार्वजनिक भएका र गरिएका घटनाले पीडितलाई न्याय दिनभन्दा उनीहरूको सामाजिक, आर्थिक र व्यवसायिक सुरक्षामा थप चुनौती थपेको देखिन्छ । सार्वजनिक नभएका र सामान्यजस्ता लाग्ने विषयले एकजना पत्रकार महिला कति पीडित हुन्छ ? भन्ने म अनुभव गर्न सक्ने भएको छु । पढ्ने क्रममा फेला परेको डब्लुडब्लुजेको ‘समाचार कक्षमा पत्रकार महिला’ अवस्था अध्ययन प्रतिवेदन–२०७६ का तथ्यांक हेरेपछि मेरो कार्यस्थल, भौतिक र आर्थिक सुरक्षा अवस्था सम्झेर घण्टौं रोएकी छु । नेपालमा पत्रकार महिलाको संख्या नै पुरुषका तुलनामा कम छ । नेपाल पत्रकार महासंघको तथ्यांकअनुसार नेपालमा कार्यरत कुल १३ हजार ५० जना पत्रकारमध्ये १८ प्रतिशत अर्थात् २ हजार ३ सय ५४ पत्रकार महिला छन् । यसले पनि उनीहरूको विगत र वर्तमान उजागर गरेको छ । अझ पुरुषको तुलनमा सञ्चार संस्थाको नेतृत्व तहमा त झन् महिलाको सहभागिता अत्यन्तै न्यून छ । यस्तो असुरक्षा र तनावले महिला संख्या अझै घट्नेमा दुईमत छैन । कार्यरतहरू धमधम पेसा परिर्वतन गर्ने र विदेशिने क्रम बढेको छ ।

डब्लुडब्लुजेको अवस्था अध्ययन प्रतिवेदनमा ‘रात्रिकालीन समय काम गरिरहेका चारमध्ये एकजनाले कार्यक्षेत्रमा दुव्र्यवहार सामना गर्नुपरेको तथा दसमध्ये एकले आफ्नो पेशामा यौन दुव्र्यवहार भोगेको’ उल्लेख छ । यो अवस्था अहिले घट्नु सट्टा
झन् बढेको छ । काममा अनावश्यक तनाव दिने, असान्दर्भिक विषयमा छेडछाड गर्ने र तलब नदिने वा दिइहाले पनि आधाउधी दिने त समाचार कक्षमा महिलाले भोगेका नियमित समस्या हुन् । तलबको समस्या त आमनेपाली पत्रकारिताको रोग भइसकेको छ । यसबाट पुरुष पनि अछुतो छैनन् । यस्ता समस्या अहिले नेपाली सञ्चार क्षेत्रमा समान्य लाग्न थालिसकेका छन् ।

सन् २०१५ मा इन्टरनेसनल फेडेरेसन अफ जर्नालिस्टस् (आईएफजे)ले नेपालका सञ्चारमाध्यममा कार्यरत पत्रकार महिलाको अवस्था’bout गरेको सर्वेक्षणमा सहभागी १ सय ३ पत्रकार महिलामध्ये १३.५१ प्रतिशतले आफूले यौन दुव्र्यवहार झेलेको बताएका थिए । तीमध्ये ५६ प्रतिशतले सहकर्मीबाट, २५ प्रतिशतले वरिष्ठ सहकर्मीबाट, १२.५ प्रतिशतले अन्तर्वार्ताका क्रममा र ६.५ प्रतिशतले बाहिरका मानिसबाट यौन दुव्र्यवहार भएको बताएका थिए ।

यसबाट पत्रकार महिला आप्mनै कार्यालयमा बढी जोखिममा रहे पनि यस्तो दुव्र्यवहार भोग्ने धेरैजसो पत्रकार महिला आफूले कार्यालय, कार्यकक्ष र कार्यस्थलमा सामना गरिरहेका घटना’bout सार्वजनिक रूपमा बोल्न चाहँदैनन् । उनीहरूका हितमा काम गर्ने संस्था पनि पीडितको पहिचान गोप्य राखेर उनीहरूको पक्षमा लड्नेभन्दा पनि मिडियाबाजी गरेर तनाव बढाउने भएकाले बोल्न डराउनुपर्ने अवस्था छ । आईएफजेको प्रतिवेदनअनुसार दण्डहीन राजनीतिक संस्कृति र पीडितलाई नै दोष दिने सामाजिक प्रवृत्तिका कारण सार्वजनिक रूपमा अपहेलित हुने भयले पत्रकार महिलाले आफूले भोगिरहेको समस्या खुलेर बाहिर ल्याउन नचाहेको प्रष्ट छ ।

क्षमता होइन, निकटता हेरिन्छ

महिलालाई सञ्चारमाध्ययमा क्षमताभन्दा बढी निकटता हेरेर जिम्मेवारी दिएको पाइन्छ । व्यवस्थापक, सम्पादकसँगको निकताकाअघि शैक्षिक योग्यता र क्षमता फिक्का लाग्न थालेका छन् । योग्य व्यक्ति भए पनि आफ्नो जिम्मेवारी र दायिŒवप्रति वफादार भएर मात्र महŒवपूर्ण जिम्मेवारी पाइँदैन । त्यहाँ ‘एसमेन’ र निकट सम्बन्ध हुनु पर्दोरहेछ । यसबाट बढी टेलिभिजन र रेडियोमा कार्यरत क्षमतावान् महिला पत्रकार पीडित छन् । सम्पादक, व्यवस्थापकसँग निकट नहुने महिला पत्रकारलाई प्रस्तोता र मनोरञ्जनात्मक कार्यक्रमतिर मात्रै जिम्मा दिने, अनावश्यक मानसिक तनाव, दिने टिकाटिप्पणी सुन्नुपर्ने बाध्यता छ ।

सम्पादक तहमा महिला अति कम छन् । यसले पनि महिला पत्रकारलाई कार्यसम्पादनमा समस्या हुन्छ । सम्पादनमा महिलाप्रतिको संवेदनशीलता नहुने मात्रै होइन, कार्य क्षेत्रमा खटाउदाका सुरक्षा प्रबन्ध’bout पनि चासो हुँदैन । यसले महिला पत्रकारले पेशामा रहँदा बढी तनाव व्यर्होनु परिरहेको छ । यस्ता अवस्था झेलिरहेका महिला पत्रकारको सुरक्षाका लागि जति कानुनी प्रबन्ध भए पनि मालिक मनोवृत्ति नफेरिएसम्म पीडित भइरहने छन् । यसका लागि मिडिया हाउसमा लैंगिक नीति, नेतृत्वका साथै समाचार कक्षको पुनः संरचना गर्न जरुरी भइसकेको छ । यसो नभएमा महिला पत्रकार कि आर्थिक र शारिरीक हिंसा सहेर काम गर्न कि पेशा नै छोड्न बाध्य हुने अवस्था आइरहन्छ ।

(आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर पाण्डेय टेलिभिजन पत्रकारितामा सक्रिय छिन् ।)

तपाइको प्रतिक्रिया
(Visited 920 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?